Skip to content

आज राजा क्लब र आरपीसी क्लबबीच खेल हुँदै

२०८१ माघ २१, सोमबार
आज राजा क्लब र आरपीसी क्लबबीच खेल हुँदै

धरान : २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज राजा क्लब इटहरी र भुटानको आरपीसी क्लबबीच खेल हुँदैछ ।

धरान रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेताले सेमीफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । बुढासुब्बा गोल्डकपको विजेताले १० लाख तथा उपविजेतालाई ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर