Skip to content

जुम्लामा आगलागी : दुई घर जलेर नष्ट

२०८१ माघ २२, मंगलवार
जुम्लामा आगलागी : दुई घर जलेर नष्ट

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।

चन्दननाथ–३ का खिपप्रसाद उपाध्याय र धर्मप्रसाद उपाध्यायको घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख छेदिलाल कामतीले जानकारी दिए । विद्युत्को तार सट भएर आगो लागेको अनुमान गरिएको छ । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी परिचालन गरिएको छ ।

क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर