Skip to content

क्यानडा र मेक्सिकोमा आयातकर लगाउने अमेरिकी प्रस्ताव एक महिनाका लागि स्थगित

२०८१ माघ २२, मंगलवार
क्यानडा र मेक्सिकोमा आयातकर लगाउने अमेरिकी प्रस्ताव एक महिनाका लागि स्थगित

काठमाडौं :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गरेका छन ।

मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थको तस्करीलाई रोक्न विभिन्न उपाय अपनाउन सहमति जनाएपछि कर लगाउने प्रस्तावलाई एक महिना पछि धकेलिएको बीबीसीले जनाएको छ ।

मेक्सिको अवैध औषधिको ओसारपसार रोक्न सीमामा दश हजार सैनिक खटाउन तयार भएको छ भने क्यानडाले लागूऔषधको समस्यालाई सम्बोधन गर्न एक जना वरिष्ठ सार्वजनिक अधिकारी नियुक्त गर्ने बताएको छ ।

यस्तै मेक्सिकोका राष्ट्रपति क्लाउडिया शीनबामले दक्षिणमा हतियार ओसारपसारलाई सीमित गर्न अमेरिकासमेतले प्रतिबद्धता जनाएको बताएको खबरमा उल्लेख छ ।

यसअघि ट्रम्पले युरोपेली सङ्घमाथिसमेत व्यापार शुल्क लगाउने चेतावनी दिनुभएको थियो । तर बेलायतसँग एक सम्झौतामा काम गर्न सकिने सुझाव पछि उहाँ पछि हटेका थिए।

ट्रम्पले आयात कर लगाइनु पर्ने कयौँ कारणमध्ये सीमा सुरक्षा, अवैध औषधिको प्रवाह, व्यापार घाटालगायतलाई प्राथमिकताका साथ उठाउँदै आएका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर