काठमाडौं : सुनको भाउ आज एकैदिन एक हजार नौ सयले बढेको छ ।
सुनको भाउ आज एक हजार नौ सय रुपैयाँले बढेर तोलाकाे एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
लगातार तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज बढेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ३० रुपैयाँमा कायम भएकाे महासङ्घले जनाएको छ ।