काठमाडौं : दक्षिण कोरिया पढ्न जाने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको सेमिनार सम्पन्न भएको छ ।
ड्रिम इन्टरनेशनल कन्सल्टेन्सीले शनिवार काठमाण्डौंमा आयोजना गरेको उक्त सेमिनारमा दक्षिण कोरियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिले दक्षिण कोरियामा रहेका आफ्ना विश्वविद्यालयमा पढ्न जाँदा के कस्तो सेवा सुविधा उपलब्ध हुन्छ र कस्तो चुनौतीहरु भोग्नु पर्छ भन्ने बारेमा जानकारी गराएका थिए ।
ड्रिम इन्टरनेशनल कन्सल्टेन्सीका एमडी दीपेन्द्र थापाले पछिल्लो समय दक्षिण कोरिया अन्तर्राष्ट्रिय शिक्षाको लागि लोकप्रिय बन्दै गएको भन्दै कोरिया पढ्न जान सोच भएका विद्यार्थीको लागि यो सेमिनार उपलब्धि मूलक भएको बताउनुभयो ।
उहाले ड्रिम इन्टरनेशनल कन्सल्टेन्सीबाट दक्षिण कोरिया अप्लाइ गरेका विद्यार्थीको भिसा आउने रेट हाइ भएकाले कुनै पनि विषयमा कक्षा १२ पास गरेका विद्यार्थीले कोरिया पढ्न जानको लागि अप्लाइ गर्न सकिने बताउनुभयो । दक्षिण कोरियाले अहिले नयाँ नियम ल्याएकाले अब दक्षिण कोरिया पढ्न जान विद्यार्थीको कोरियन भाषा नभए पनि हुने तर आइएल्समा ७ र जिपिए ३.२ हुनुपर्ने छ ।
सेमिनारमा ठुलै सङ्ख्यामा बिद्यार्थिहरुको उपस्थिति रहेको थियो । कमलादी र बाग बजारमा रहेको ड्रिम इन्टरनेशनल कन्सल्टेन्सीले दक्षिण कोरिया सँगै जापान, युके ,अस्ट्रेलिया , यु एसए र युरोपियन देशहरूमा पनि बिद्यार्थिहरुलाइ पढ्नको लागि पठाउने गरेको छ ।