काठमाडौं : उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरुमा नेपालमा बसेर केही गर्न सकिदैँन् भन्ने खालको नकारात्मक भाष्य निर्माण भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित मनास्लु वल्र्ड कलेजका नयाँ विद्यार्थी स्वागत र विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रममा उनले वर्तमान समयमा युवाहरु स्वतन्त्र भएर काम गर्न सक्ने भन्दै नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र भविष्य बनाउन सक्ने वातावरण रहेको बताए ।
यसको साथै, उनले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भनेर भाष्य विकसित गर्न खोज्नेहरुले वर्तमान अवस्थालाई अध्ययन गर्नुपर्ने बताए । उनले विद्यार्थीहरुलाई पनि आफ्नो लक्ष्य प्राप्त गर्नको लागि मेहेनत र अनुशासन आवश्यक हुने सुझाव दिएका छन् ।
सोही क्रममा नायक राजेश हमालले जीवनमा नयाँ काम गर्न कहिले पनि पछि नहट्न सुझाव दिएका छन् । उनले आफूमा गर्न सक्छु भन्ने आत्म विश्वास छ भने त्यो क्षेत्रमा प्रयास गर्न ढिला गर्न नहुने पनि बताए ।