काठमाडौँ : सोमबार अपराह्न ४ बजेबाट बालुवाटारमा सुरु भएको नयाँ सत्ता गठबन्धनको बैठक सकिएको छ। गठबन्धन अनुसार बिहान भएको समझदारीअनुसार माओवादी केन्द्र, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक–एक जना मन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि नेताहरू मन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सहभागी थिए।