काठमाडौं : दक्षिण कोरियाले युक्रेनलाई आगामी पाँच वर्षभित्र कम ब्याजमा दुई अर्ब डलर ऋण दिने सम्झौता गरेको छ।
दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई करिब १० करोड डलर बराबरको सहायता पठाउने बताएको छ।
फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेन विनाशकारी युद्धमा फसेको छ।
रुसी आक्रमणपछि दक्षिण कोरियाले युक्रेनलाई समर्थन गरिरहेको छ।