Skip to content

नेकपा एसका पूर्वसांसद बम एमालेमा फर्किए

२०८० मंसिर ४, सोमबार
नेकपा एसका पूर्वसांसद बम एमालेमा फर्किए

काठमाडौं : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम एमालेमा फर्किएका छन् ।

सोमवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनी एमालेमा फर्किएका हुन् । २०७४ मा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बम एमाले विभाजनताका माधव नेपाल पक्षमा लागेका थिए । एमाले विभाजनमा सनाखत गर्ने माधव नेपालका २३ सांसदमध्ये उनी पनि एक थिए ।

बमले आफूसहित कार्यकर्ता प्रवेशका लागि कर्णालीमा चाँडै अध्यक्ष ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम राखिने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर