Skip to content

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

२०८१ चैत्र २८, बिहीबार
हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी :  पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारी आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रुबीच सडकमा अलपत्र परेका छन् ।

दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ देखि ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो ।

वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर