Skip to content

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट पाउने

२०८२ जेष्ठ ५, सोमबार
प्रभु बैंकका ग्राहक तथा कर्मचारीले इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट पाउने

काठमाडौं :  प्रभु बैंक लिमिटेड  र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच  एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ।

जस आन्तर्गत बैंकका ग्राहक तथा कर्मचारीहरूले  इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा पाउने भएका छन ।  सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले खाननामा १० प्रतिशत छुट, केबलकार टिकटमा २० प्रतिशत छुट पाउने छन् भने आवास सेवामा १० प्रतिशत र केबलकार यात्रा निःशुल्क गर्न पाउने छन ।

समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत  सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक  अर्बिन्द्र केसीले हस्ताक्षर गरेका छन ।

बैंकका अनुसार यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्नेछ। ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि रहेको बैंकले जनाएको छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय ११ शाखा कार्यालयहरु, २ सय ८४ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

साथै  बैंक अफ द इयर २०२३ू को उपाधिबाट सम्मानित हुनका साथै  फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर