Skip to content

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान

२०८० असार ३१, आईतवार
परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गरेका छन् ।

मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो थाइ एयरवेजबाट बैंकक प्रस्थान गरेको मन्त्रालयले जनाएको छ ।उनि सोमबार बिम्स्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भई मङ्गलबार स्वदेश फर्किने छन् ।

परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा बिम्स्टेक क्षेत्रका आफ्ना समकक्षीसँग साझा हितका विषयमा समेत कुराकानी गर्नुहुने बताए ।

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय सङ्गठन हो । प्रारम्भिकरूपमा यो सङ्गठन ‘बिम्स्टेक’ (बङ्गलादेश–भारत–श्रीलङ्का–थाइल्याण्ड आर्थिक सहयोग) का रूपमा थियो ।


सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भई बिम्स्टेकका रूपमा चिनिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर