Skip to content

छानबिन समितिले सुधन गुरुङसँग बयान लिने

२०८३ जेष्ठ ११, सोमबार
छानबिन समितिले सुधन गुरुङसँग बयान लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि लागेका विभिन्न आरोपहरूको छानबिन गरिरहेको समितिले काम तीव्र बनाएको छ ।

पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले अब गुरुङको बयान लिने तयारी गरेको छ । गुरुङक बयान सकेर प्रतिवेदन सरकारलाई बुझाउने समितिको तयारी छ । सम्पत्ति विवरणमा सेयर लुकाएको र विवादास्पद व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएको भन्दै प्रश्न उठेपछि गुरुङले गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।

राजीनामा दिएको २० दिनपछि सरकारले उनीमाथि छानबिन गर्न तीन सदस्यीय समिति बनाएको थियो । समितिले हालसम्म गुरुङको सम्पत्ति विवरण, सार्वजनिक भएका कागजात र उनीसँग जोडिएका कम्पनीहरूको विस्तृत अध्ययन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर