Skip to content

मीनबहादुरले दानमा दिएको जग्गा एमालेले फिर्ता गर्ने

२०८३ जेष्ठ ११, सोमबार
मीनबहादुरले दानमा दिएको जग्गा एमालेले फिर्ता गर्ने

काठमाडौँ । नेकपा एमालेले धन्यवादसहित व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ।

एमालेको आठौं सचिवालय अन्तर्गत् आइतबार सकिएको बैठकले कलंकीमा १० रोपनी १४ आना जग्गासहित घर बनाइदिने गुरूङ दम्पतीको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने र बल्खुमा आफ्नै जग्गामा कार्यालय भवन बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

उनले सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार बल्खुमा कार्यालय भवन बनाउन बाधा नरहेको पनि बताए। २०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घर बनाइदिने भन्दै शिलान्यास समेत गरेका थिए। यसबारे एमालेमा ठूलो विवाद सिर्जना भएको थियो।

सचिवालयको निर्णय विरोध गरेको भन्दै नेताहरू डा. विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई ६ महिना पार्टी जिम्मेबारीबाट निलम्बन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर