Skip to content

चैत ७ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

२०८१ फाल्गुन २८, बुधबार
चैत ७ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौँ :प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामि चैत ७ गते हुने भएको छ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराए।

सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह ९ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए।

उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ गते आइतवार दिउँसो २ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा दिन पनि आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर