Skip to content

अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गयो

२०८२ जेष्ठ ४, आईतवार
अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गयो

काठमाडौं : अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।

केन्टकी राज्यका अधिकारीहरूका अनुसार त्यहाँ अहिलेसम्म १८ जनाको ज्यान गएको छ भने मिसौरीमा सात जनाको ज्यान गएको पुष्टि भएको समाचारमा जनाइएको छ ।

अधिकारीहरूले ज्यान जानेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । मिसौरीका अधिकारीहरूका अनुसार झन्डै पाँच हजार भवनहरूमा क्षति पुगेको छ । धेरैको छाना उडेको छ र विद्युत् लाइनहरू ढलेका छन् । केन्टकी र मिसौरीमा झन्डै एक लाख ४० हजार घरधुरीहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

सेंट लुइसका अधिकारीहरूले सबैभन्दा बढी क्षति भएका क्षेत्रमा घर–घरमा गएर खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । सबैभन्दा बढी क्षति भएका दुई क्षेत्रहरूमा दुर्घटना रोक्न र चोरी नियन्त्रण गर्न राति ९ बजेबाट बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर