Skip to content

सानिमा रिलायन्स इन्स्योरेन्सले माग्यो देशका विभिन्न शाखा कार्यालयमा कर्मचारी

२०८२ जेष्ठ ५, सोमबार
सानिमा रिलायन्स इन्स्योरेन्सले माग्यो देशका विभिन्न शाखा कार्यालयमा कर्मचारी

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले देशका बिभिन्न शाखा कार्यालयमा कर्मचारी माग गरेको छ ।

इन्स्योरेन्सले कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशको लागि केही संख्यामा शाखा प्रबन्धक र बजार अधिकृत माग गरेको छ ।

कम्पनीले खाँदबारी, ओखलढुङ्गा, दिक्तेल, बर्दिबास, निजगढ सिमरा, पनौती, कमलविनायक, पुतलीसडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटि , कालिमाटी, सुन्धारा, थनकोट , लमही, रामपुर पाल्पा, र कुश्मामा शाखा प्रमुख माग गरेको छ । साथै काठमाडौं उपत्यका र बाहिरका शाखाहरमा बजार अधिकृतको माग गरिएको छ ।

जिवन बिमा, बैंक तथा वित्तीय संस्था तथा लद्युबित्त संस्थामा कर्याअनुभव भएका उम्मेदवारलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

इच्छुक व्यक्तिले व्यक्तिगत विवरण सहित jobs@sanimareliancelife.com मा जेठ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर