Skip to content

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३ बैशाख २, बुधबार
ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क बस्ने ३१ वर्षीय लोब्साङ बोम्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा पीडितलाई २०८२ साउन १२ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परी हिरासतमा रहेका र २०८२ भदौ २४ गतेको आन्दोलनमा प्रहरी वृत्त बौद्धको हिरासतबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर