आज मिति २०८२ साल चैत महिनाको २७ गते शुक्रबार इस्वी सम्वत २०२६ अप्रिल १० तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
धर्म तथा अध्यात्मसँग सम्बन्धित सामानको व्यापारमा वृद्धि हुनेछ। वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाउने देखिन्छ। कार्यक्षेत्रमा सहकर्मीको सहयोगले उपलब्धि हासिल गर्न सकिनेछ। लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्। प्रेम सम्बन्धमा केही दूरी रहन सक्छ। आर्थिक पक्ष कमजोर रहन सक्छ र व्यापारमा आम्दानी घट्दा दैनिकी प्रभावित हुन सक्छ। दिदीबहिनीहरूसँग मनमुटाब बढ्ने सम्भावना छ भने आफन्त तथा साथीभाइ टाढिन सक्छन्।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
घरायसी सुविधा उपयोग गर्दै अगाडि बढ्न सकिनेछ। आफन्त तथा साथीभाइको सहयोग प्राप्त हुनेछ। व्यापार वा शेयर बजारबाट राम्रो आम्दानी भई आर्थिक अवस्था सुदृढ बन्नेछ। प्रेम सम्बन्धमा रमाउने समय छ र विपरीत लिङ्गको सहयोग मिल्नेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
प्रतिस्पर्धामा सफलता मिल्नेछ र शत्रु परास्त हुनेछन्। व्यापार तथा शेयर बजारबाट राम्रो आम्दानी हुनेछ। पुराना ऋण, रोग र समस्याबाट राहत मिल्नेछ। आफन्त तथा मावली पक्षबाट सहयोग र समर्थन प्राप्त हुनेछ। साँझपख यात्रा, मनोरञ्जन तथा खानपानमा समय बित्नेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
परिवारसँग रमाइलो गर्दै स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा राम्रो काम गरी प्रतिष्ठा कमाउन सकिनेछ। उपहार तथा विलासी वस्तु प्राप्त हुने योग छ। सन्तानको प्रगति देखेर खुशी मिल्नेछ। सिर्जनात्मक काममा रुचि बढ्नेछ। अध्ययनका लागि आन्तरिक वा बाह्य यात्रा हुन सक्छ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
राजनीति तथा समाजसेवामा आलोचनासँगै समर्थन प्राप्त हुनेछ। विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ र आमा वा आमासमान व्यक्तिसँग मनमुटाब बढ्न सक्छ। घरजग्गा सम्बन्धी काममा ढिलाइ हुन सक्छ। साँझपख कृषि तथा पशुपालनबाट राम्रो आम्दानी हुनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
मेहनतका आधारमा व्यवसायमा सफलता मिल्नेछ। लगनशीलताले कामको उच्च मूल्याङ्कन हुनेछ। दाजुभाइ तथा छिमेकीसँग सम्बन्ध सुधार हुनेछ। प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् र प्रतिस्पर्धामा अग्रस्थान प्राप्त हुनेछ। अध्ययन वा कामका लागि यात्रा हुने सम्भावना छ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
व्यापार वा वित्तीय क्षेत्रमा लगानीबाट आर्थिक स्थिति मजबुत बन्नेछ। पुराना लगानी फिर्ता आउँदा मन प्रसन्न हुनेछ। आफन्तसँग सम्बन्ध सुधार हुनेछ र सहयोग प्राप्त हुनेछ। साँझपख रमाइलो जमघटमा सहभागी भई स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
कलात्मक तथा रचनात्मक कार्य सुरु गर्न अनुकूल समय छ, जसले भविष्यमा आम्दानीका स्रोत बढाउनेछ। राजनीतिज्ञका लागि समय फलदायी छ। व्यापार तथा शेयर बजारमा राम्रो नाफा हुने सम्भावना छ। विद्यार्थीहरूले अनुसन्धान क्षेत्रमा सफलता प्राप्त गर्नेछन्।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
आर्थिक स्थिति कमजोर हुँदा खर्च व्यवस्थापनमा चुनौती आउन सक्छ। स्वास्थ्य समस्याका कारण उपचार खर्च बढ्न सक्छ। छोटो दूरीको यात्रा हुनेछ र विदेशी सामानको व्यापार राम्रो हुनेछ। साँझपख सामाजिक वा परोपकारी कामबाट प्रतिष्ठा कमाउन सकिनेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
व्यापार वा शेयर बजारमा लगानीबाट आम्दानी बढ्नेछ। दाजुभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। सवारी साधन तथा भौतिक सम्पत्तिको लाभ हुनेछ। अध्ययनमा सुधार भई अरूभन्दा अगाडि बढ्न सकिनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
परिवारसँग रमाइलो तथा उपलब्धिमूलक यात्राको सम्भावना छ। काम गर्ने उत्साह र आत्मबल बढ्नेछ। कानुनी समस्या क्रमशः समाधान हुँदै जानेछ। साथीभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ। मान्यजनको सहयोगले काममा सफलता मिल्नेछ। नयाँ कामबाट राम्रो लाभ हुनेछ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!







