आज मिति २०८२ साल चैत महिनाको २४ गते मंगलबार इस्वी सम्वत २०२६ अप्रिल ७ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
कुटुम्ब तथा आफन्तसँग आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोस्। मनोबल कमजोर रहन सक्छ, जसले गर्दा बाह्य प्रभाव बढ्न सक्छ। कार्यक्षेत्रमा अवरोध आउनुका साथै आलोचकहरू बढ्न सक्छन्। पुराना समस्या दोहोरिन सक्छन् र शत्रुबाट सतर्क रहनु आवश्यक छ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यापार, शेयर बजार तथा औद्योगिक लगानीबाट राम्रो आम्दानी हुने देखिन्छ। व्यापारका क्रममा लामो दूरीको यात्रा हुन सक्छ। आर्थिक अवस्था सुदृढ हुँदा भौतिक सुख-सुविधा बढ्नेछ। प्रेम सम्बन्ध विवाहमा परिणत हुने सम्भावना छ। दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययनमा पनि राम्रो सफलता प्राप्त हुनेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
अध्ययन वा रोजगारीमा प्रतिस्पर्धामा सफलता मिल्नेछ। स्वास्थ्यसम्बन्धी पुराना समस्या सुधार हुनेछन् र ऋणबाट मुक्त हुने सम्भावना छ। प्रेम र दाम्पत्य सम्बन्धमा विश्वास बढ्नेछ। अफिसियल यात्राको अवसर प्राप्त हुनेछ। व्यापार र वित्तीय क्षेत्रमा लगानीबाट लाभ मिल्नेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
उपहार वा चिठ्ठा प्राप्तिको योग रहेको छ। प्रेम सम्बन्ध अझ प्रगाढ हुनेछ। सन्तानबाट सहयोग प्राप्त हुनेछ र उनीहरूको प्रगतिले खुशी मिल्नेछ। अध्ययनमा उत्कृष्ट नतिजा आउनेछ। आज गरिएको वित्तीय लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ। आमासँग मनमुटाव हुन सक्छ। अन्य काममा व्यस्त हुँदा अध्ययन कमजोर हुन सक्छ। कृषि तथा पशुपालनबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा कमाउन केही संघर्ष गर्नुपर्ने देखिन्छ। आफन्तसँग टाढा भई यात्रा गर्दा मन अशान्त रहन सक्छ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आत्मविश्वास र साहस बढ्नेछ। मेहनतबाट नाम र दाम दुवै कमाउन सकिनेछ। कानुनी निर्णयहरू तपाईंको पक्षमा आउनेछन्। उद्योग र वित्तीय क्षेत्रमा लगानी लाभदायक हुनेछ। लेखन, कला र साहित्य क्षेत्रमा सक्रियहरूका लागि समय अनुकूल छ। प्रेम सम्बन्धमा नजिकता बढ्नेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
राम्रा कामले प्रशंसा र समर्थन प्राप्त हुनेछ। वाणी र बुद्धिको प्रभावले अरूको मन जित्न सकिनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। संगीत, कला र मोडलिङ क्षेत्रमा सफलता मिल्नेछ। लगानीबाट लाभ हुनेछ। अध्ययनमा रुचि बढ्नेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
रचनात्मक कार्यबाट आर्थिक अवस्था सुधार हुनेछ। व्यापार र शेयर बजारबाट लाभ मिल्नेछ। पुराना काम सम्पन्न हुँदा आत्मविश्वास बढ्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। अध्ययनमा उत्कृष्ट नतिजा आउनेछ। प्रेम सम्बन्धका लागि समय राम्रो छ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
आम्दानीभन्दा खर्च बढ्न सक्छ, त्यसैले खर्च नियन्त्रणमा राख्नुहोस्। लगानीबाट अपेक्षित लाभ नआउन सक्छ। प्रेम सम्बन्धमा शंका उत्पन्न हुन सक्छ। अध्ययनमा भने सफलता मिल्नेछ। विदेशी व्यापार तथा विदेशमा कार्यरत व्यक्तिहरूका लागि समय अनुकूल छ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
अनलाइन व्यापार र शेयर बजारबाट आर्थिक लाभ हुनेछ। सीमित स्रोतको सदुपयोग गर्न सकिनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। अध्ययनमा राम्रो नतिजा आउनेछ। पैतृक सम्पत्तिको प्रयोगबाट काम सफल हुनेछ। सामाजिक सञ्जालमार्फत विचार अभिव्यक्त गर्ने अवसर मिल्नेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
सामाजिक कार्यबाट प्रतिष्ठा बढ्नेछ। व्यवसायमा लगानीका अवसर आउनेछन् र आम्दानी बढ्नेछ। अध्ययनमा रुचि बढ्नेछ र शैक्षिक यात्राको सम्भावना छ। प्रेम सम्बन्ध मजबुत हुनेछ। कृषि तथा पशुपालन क्षेत्रमा लगानी लाभदायक हुनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बौद्धिक तथा सिर्जनात्मक कार्यबाट सफलता मिल्नेछ। धर्म र अध्यात्ममा रुचि बढ्नेछ। दार्शनिक विषयमा ज्ञान विस्तार हुनेछ। व्यापार र लगानीबाट लाभ हुनेछ। दाम्पत्य तथा पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!





