आज मिति २०८२ साल चैत महिनाको २३ गते सोमबार इस्वी सम्वत २०२६ अप्रिल ६ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
समय अनुकूल नहुँदा कामहरू ढिला हुने र मानसिक तनाव बढ्ने सम्भावना छ। आर्थिक पक्ष कमजोर रहन सक्छ, त्यसैले खर्चमा सावधानी अपनाउनु राम्रो हुन्छ। दिदी–बहिनी वा नजिकका आफन्तसँग मनमुटाब बढ्न सक्छ। सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा सतर्क रहनुहोस्।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
माया–प्रेम र दाम्पत्य जीवनका लागि समय राम्रो छ। व्यापार वा शेयर बजारमा लगानी गर्दा राम्रो लाभ मिल्ने देखिन्छ। लामो दूरीको रमाइलो यात्रा सम्भव छ। पढाइमा प्रगति हुने भएकाले मन प्रसन्न रहनेछ। भौतिक तथा विलासी वस्तुको प्रयोगले अरूको ध्यान आकर्षित गर्न सक्नुहुनेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
प्रतिस्पर्धा तथा विवादमा सफलता मिल्नेछ। शत्रु परास्त हुने र स्वास्थ्यमा सुधार आउने संकेत छन्। कानुनी कामहरूमा पनि तपाईंको पक्षमा निर्णय आउनेछ। नोकरीमा उन्नति वा बढुवाको योग छ। प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ। पढाइमा राम्रो प्रदर्शन गर्न सक्नुहुनेछ, यद्यपि खर्च भने बढ्न सक्छ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
बौद्धिक तथा प्राविधिक सीप प्रयोग गर्दा आम्दानी बढ्नेछ। वित्तीय क्षेत्रमा लगानी गर्दा राम्रो लाभ मिल्ने सम्भावना छ। भौतिक वस्तु वा उपहार प्राप्त हुने योग छ। अध्ययनमा ध्यान दिए प्रगति सम्भव छ। प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ। परिवार तथा सन्तानको सहयोगले राम्रो काम गर्न सक्नुहुनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
समय मध्यम रहेकाले व्यापारमा लगानी गर्न केही समय कुर्नु उचित हुन्छ। परिवारसँग टाढिनु पर्दा मन खिन्न हुन सक्छ। प्रेम सम्बन्धमा सामान्य विवाद आउन सक्छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या बढ्न सक्छ। राजनीतिमा मध्यम सफलता मिल्नेछ भने कृषि तथा पशुपालनबाट लाभ लिन सकिन्छ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
न्यायिक तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ। पढाइमा राम्रो प्रगति हुने संकेत छन्। खेलकुद वा साहसिक कार्यमा भाग लिएर नाम र दाम कमाउन सकिन्छ। प्रेम सम्बन्ध बलियो बन्नेछ। व्यापार, उद्योग वा शेयर बजारमा लगानी लाभदायक रहनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पहिलेका प्रयासहरूको सकारात्मक नतिजा प्राप्त हुनेछ। रोकिएका कामहरू सम्पन्न हुनेछन् र नयाँ अवसरहरू खुल्नेछन्। वित्तीय क्षेत्रमा लगानी लाभदायक रहनेछ। पढाइमा उत्कृष्ट नतिजा ल्याउन सक्नुहुनेछ। प्रेम, यात्रा र मनोरञ्जनका लागि समय अनुकूल छ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सतर्क रहनुहोस्। आत्मविश्वास कम हुँदा काममा असर पर्न सक्छ। सामाजिक रूपमा आलोचना हुन सक्छ। आफन्तसँग मतभेद बढ्न सक्छ। प्रेम सम्बन्धमा सामान्य विवाद भए पनि अन्ततः समझदारी कायम हुनेछ। अध्ययनमा भने प्रगति हुने संकेत छन्।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
आर्थिक कारोबारमा सावधानी अपनाउनु आवश्यक छ, अन्यथा हानि वा जरिवाना हुन सक्छ। स्वास्थ्य समस्याले खर्च बढाउन सक्छ। पढाइमा ध्यान नदिँदा नतिजा कमजोर हुन सक्छ। यात्रा सम्बन्धी अवसर मिल्नेछ। विदेशसँग सम्बन्धित व्यापार लाभदायक रहनेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
नयाँ कामबाट आम्दानीका स्रोतहरू विस्तार हुनेछन्। सरकारी वा पैतृक सम्पत्ति प्राप्त हुने सम्भावना छ। उपहार तथा भौतिक सुविधा प्राप्त हुनेछ। अग्रजहरूको सल्लाहले सफलता दिलाउनेछ। समाजमा राम्रो काम गरेर प्रतिष्ठा कमाउन सक्नुहुनेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
व्यापार तथा उद्योगबाट राम्रो आम्दानी हुनेछ। कृषि तथा पशुपालन क्षेत्रमा सफलता मिल्नेछ। नोकरी प्राप्ति वा बढुवाको योग छ। भूमि, सवारी साधन तथा सम्पत्तिमा वृद्धि हुनेछ। आफ्नै प्रयासले जीवनस्तर सुधार गर्न सक्नुहुनेछ। अध्ययनमा राम्रो नतिजा आउनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
अनुसन्धान वा अध्ययनका लागि लामो दूरीको यात्रा हुन सक्छ। धार्मिक स्थल भ्रमण गर्ने अवसर मिल्नेछ। आफन्त तथा दाजुभाइको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा रमाइलो समय बित्नेछ। वित्तीय क्षेत्र तथा निर्माण सामग्रीमा गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!





