Skip to content

ललितपुरको धापाखेलमा सप्ताह महायज्ञ सुरु हुने

२०८२ चैत्र १७, मंगलवार
ललितपुरको धापाखेलमा सप्ताह महायज्ञ सुरु हुने

ललितपुर । ललितपुरको धापाखेलमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणमा सहयोग जुटाउने उद्देश्यले सप्ताह महायज्ञ सुरु हुने भएको छ ।

आउँदो चैत्र २६ गतेबाट सुरु हुने महायज्ञ ०८३ वैशाख ३ गते सम्पन्न हुने कार्यक्रम रहेको देशव्यापी १०८ श्रीमद् भागवत सत्संकल्पकर्ता मुमुक्षु उद्धव शर्माले जानकारी दिएका छन् ।

धर्म जागरण तथा ज्ञात अज्ञात पितृहरुको मोक्ष प्राप्ती सँगै विश्व शान्ति र देशको उन्नती प्रगतीको कामना गर्दै यो महायज्ञ सुरु हुने मुमुक्षु उद्धव शर्मा बताउछन्।

ललितपुर महानगरको २३ नम्बर वडाकोटोल सुधार संघ र सो स्थानमा रहेका विभिन्न सामाजिक संघ संस्था यस कार्यक्रमको संकल्पकर्ता रहेका छन् । महायज्ञको संयोजक देवकी खड्का रहेकी छन् । सो स्थानका विभिन्न अध्यक्षहरु सहसंयोजक तथा संस्थाका सदस्यहरु मुल समारोह समितीका सदस्य रहनेछन् ।

महायज्ञ धापाखेलस्थित २३ नम्बर वडा कार्यालय परिसरमा सञ्चालन हुन लागेको हो । महायज्ञको शुभारम्भ अघि धापाखेल घुम्दै नागदह परिसरसम्म विशाल कलशयात्रा गरिने मुमुक्षु शर्मा बताउछन्। महायज्ञमा आचार्य श्री ओमप्रकाश सुवेदीले संगीतमय कथा प्रचवन दिने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर