Skip to content

आज मिति २०८२ साल चैत महिनाको १७ गते मंगलबारको राशिफल

२०८२ चैत्र १७, मंगलवार
आज मिति २०८२ साल चैत महिनाको १७ गते मंगलबारको राशिफल

आज मिति २०८२ साल चैत महिनाको १७ गते मंगलबार इस्वी सम्वत २०२६ मार्च ३१ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
मन परेको व्यक्तिबाट बिलासी सामान उपहारस्वरूप प्राप्त हुने योग छ। लामो समयदेखिको प्रेम सम्बन्ध विवाहमा परिणत गर्ने सहमति जुट्न सक्छ। अध्ययनमा मन जानेछ र अनुसन्धान क्षेत्रमा सकारात्मक नतिजा प्राप्त हुनेछ। शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिएको लगानीबाट अपेक्षित आम्दानी हुने सम्भावना छ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला, समय मध्यम छ। घर-जग्गा तथा माटोसँग सम्बन्धित कामबाट केही लाभ मिल्नेछ। कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्दा राम्रो आम्दानी हुनेछ। आमा वा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुन सक्छ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
उद्योग, शेयर बजार तथा व्यापारमा लगानी गर्दा राम्रो आम्दानी हुनेछ। आर्थिक क्षेत्रमा प्रगति हुने र सुधारका प्रयासहरू सफल हुनेछन्। पढाइमा राम्रो नतिजा आउँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन्। विवाद तथा न्यायिक निर्णय तपाईंको पक्षमा आउने सम्भावना छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
बोलीको प्रभाव बढ्ने भएकाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा संलग्नहरूले राम्रो आम्दानी गर्न सक्नेछन्। स्रोत साधन जुट्दा व्यापार तथा शेयर बजारमा लगानी बढाउन सकिनेछ। आफन्तबाट सुखद समाचार प्राप्त हुनेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
लगनशीलताले सफलताको शिखर चुम्ने योग छ। पढाइमा सुधार भई अरूभन्दा अगाडि बढ्न सकिनेछ। दाजुभाइको सहयोगले ठूला काम सम्पन्न गर्न सकिनेछ। भौतिक साधनहरू प्राप्त हुनेछन्। व्यापारमा लगानी गर्दा आम्दानीका स्रोतहरू विस्तार हुनेछन्।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
समय व्यवस्थापनमा कमजोरी हुँदा पछि परिने सम्भावना छ। अध्ययनमा मन नजाँदा अपेक्षित नतिजा नआउन सक्छ। खानपानमा ध्यान दिनुहोस्, स्वास्थ्य समस्या र उपचार खर्च बढ्न सक्छ। बसाइँसराइ वा लामो दूरीको यात्रा हुने संकेत छ। विदेशी लगानी भएका संस्थामा कामको अवसर मिल्न सक्छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पैतृक तथा प्राकृतिक स्रोतको उपयोगबाट आम्दानी बढाउन सकिनेछ। परिवारका इच्छाहरू पूरा गर्न सकिनेछ। शिक्षा तथा शेयर बजारसँग सम्बन्धित कामबाट लाभ मिल्नेछ। प्रेम सम्बन्ध मजबुत हुनेछ र दाम्पत्य जीवनमा सहयोग पाइनेछ। राजनीति तथा समाजसेवामा संलग्नहरूका लागि समय अनुकूल छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै मान–सम्मान बढ्नेछ। नयाँ कामको अवसर आउनेछ र नोकरीमा बढुवा हुने सम्भावना छ। व्यापार तथा शेयर बजारमा लगानी उपयुक्त समय हो। कृषि तथा पशुपालनमा रुचि बढ्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
सानो प्रयासले पनि ठूला उपलब्धि हासिल गर्न सकिनेछ। पढाइ तथा अनुसन्धानका लागि समय उत्तम छ। प्रेम सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढ्नेछ। व्यापार फस्टाउनेछ र धार्मिक यात्रा हुने सम्भावना छ। किनमेल तथा मनोरञ्जनमा समय बित्नेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
संकट व्यवस्थापनका प्रयासहरू सफल नहुन सक्छन्। गोप्य योजनाहरू बाहिरिन सक्ने भएकाले सावधानी अपनाउनुहोला। आफन्तबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ। आलस्यले काम अधुरो रहन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। व्यापारमा लगानी गर्न केही समय पर्खनु उचित हुनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
पारिवारिक यात्रा हुने सम्भावना छ र यात्राका रमाइला दृश्यहरूले मन आनन्दित बनाउनेछन्। पर्यटन व्यवसायमा संलग्नहरूले मध्यम आम्दानी गर्न सक्नेछन्। साझेदारीमा गरिएको व्यापारबाट राम्रो लाभ मिल्नेछ। पढाइमा राम्रो नतिजा आउनेछ र परिवार खुसी हुनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बन्द व्यापारबाट राम्रो आम्दानी हुनेछ र नयाँ उद्योगमा लगानीको अवसर आउनेछ। विरोध गर्नेहरू पनि प्रशंसक बन्नेछन्। प्रतिस्पर्धामा विजय हासिल गर्न सकिनेछ। मुद्दा मामिलामा तपाईंको पक्षमा निर्णय आउनेछ। स्वास्थ्य राम्रो रहनेछ र आम्दानीका अवसरहरू बढ्नेछन्।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर