आज मिति २०८२ साल चैत महिनाको २० गते शुक्रबार इस्वी सम्वत २०२६ अप्रिल ३ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
गीत–संगीत तथा मनोरञ्जन क्षेत्रमा सक्रिय रहँदै यात्रामा निस्कने सम्भावना छ। लेखन तथा साहित्यमा बाँकी रहेका कामहरू पूरा गर्न सकिनेछ। अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ। विलासी वा महँगा सामानको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
मौसमी रोगको प्रकोपले समस्या निम्त्याउन सक्छ, साथै हाड–जोर्नीमा समस्या देखिन सक्छ—स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। सवारी चलाउँदा सावधानी अपनाउनुहोला, दुर्घटना वा चोटपटकको योग छ। विवादित विषयहरूबाट टाढा रहनु उचित हुनेछ, किनकि न्यायिक निर्णयहरू अनुकूल नआउन सक्छन्।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
शिक्षा तथा शिक्षासम्बन्धी व्यवसायबाट राम्रो आम्दानी गर्न सकिनेछ। बैंक तथा वित्तीय क्षेत्रमा रोजगारी वा बढुवाको सम्भावना छ। अध्ययनमा रुचि बढ्नेछ, साथै अध्ययनकै क्रममा यात्रा हुन सक्छ। प्रेम सम्बन्धमा समय अनुकूल छ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
तपाईंको व्यवहारका कारण मान्यजन वा आमाको मन दुख्न सक्छ, त्यसैले सजग रहनुहोस्। अरूका काममा समय बित्दा आफ्ना कामहरू थाती रहन सक्छन्। योजनाहरू प्रस्तुत गर्दा सहकर्मीहरूबाट विरोध हुन सक्छ। अध्ययनमा सफलता पाउन थप मेहनत आवश्यक पर्नेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
दाजुभाइ तथा आफन्तहरूसँग सामान्य मनमुटाव हुन सक्छ। व्यवसायमा अपेक्षित आम्दानी नहुँदा आर्थिक अवस्था कमजोर बन्न सक्छ। आत्मविश्वासको कमीले अवसरहरू गुम्न सक्छन्। प्रेम सम्बन्धमा भेटघाटभन्दा प्रविधिमार्फत संवाद गर्नु उपयुक्त हुनेछ। अध्ययनमा मिश्रित परिणाम प्राप्त हुनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
व्यापारमा वृद्धि भई आम्दानी बढ्नेछ। खाद्यान्न, विलासी सामान तथा निर्माण सामग्रीको व्यापारमा विशेष लाभ हुनेछ। पारिवारिक जमघटमा सहभागी भई रमाइलो वातावरणमा समय बिताउन पाइनेछ। गायन तथा कलाकारितामा लगानी गर्नेहरूले नाम र दाम दुवै कमाउन सक्नेछन्।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पारिवारिक वातावरणमा समय बित्ने हुँदा दिन रमाइलो र उल्लासमय रहनेछ। महँगा तथा विलासी वस्तु प्रयोग गर्ने अवसर प्राप्त हुनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा जनसमर्थन मिल्नेछ, जसले प्रतिष्ठा बढाउनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
ठूला वा महत्त्वाकाङ्क्षी योजनाहरू तुरुन्त सुरु नगर्नु राम्रो हुनेछ। स्वास्थ्य समस्याका कारण काममा असहजता हुन सक्छ। अनावश्यक काम वा यात्रा नगर्नुहोस्, अप्रिय घटना हुन सक्छ। नियम उल्लङ्घन नगर्नुहोला, नत्र सजाय भोग्नुपर्ने अवस्था आउन सक्छ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
साथीभाइ तथा आफन्तहरूको सहयोगले परिणाममुखी काम गर्न सकिनेछ। व्यापार तथा उद्योगमा लगानी गरेर राम्रो लाभ लिन सकिनेछ। शिक्षासम्बन्धी कार्यबाट आम्दानी हुने सम्भावना छ। प्रेम सम्बन्ध अझ सुदृढ हुनेछ, र जीवनसाथीको सहयोगले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
सरकारी वा प्रशासनिक काममा झन्झट आउन सक्छ, र सेवाप्रदायकबाट असहजता महसुस हुन सक्छ। व्यापारमा लगानी गर्दा पनि आम्दानी अपेक्षाकृत कम हुनेछ। अध्ययनमा रुचि नहुँदा पछि पर्ने सम्भावना छ। पारिवारिक सम्बन्धमा दूरी बढ्न सक्छ, जसले मन खिन्न बनाउनेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
व्यापार तथा उद्योगमा लगानी गरेर राम्रो आम्दानी गर्न सकिनेछ। समय अनुकूल भएकाले सानो प्रयासबाट पनि राम्रो परिणाम प्राप्त हुनेछ। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। अनुसन्धान तथा खोजमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा समय अनुकूल छ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
खानपान र मौसमप्रति सचेत रहनुहोस्, स्वास्थ्य समस्या आउन सक्छ। भौतिक सम्पत्ति वा उपकरण प्रयोग गर्दा सावधानी अपनाउनुहोस्, अप्रिय घटना हुन सक्छ। आफन्त तथा दिदीबहिनीसँग मनमुटाव बढ्न सक्छ। खर्च बढ्दा दैनिक जीवन प्रभावित हुन सक्छ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!





