Skip to content

आज मिति २०८२ साल चैत महिनाको १८ गते बुधबारको राशिफल

२०८२ चैत्र १८, बुधबार
आज मिति २०८२ साल चैत महिनाको १८ गते बुधबारको राशिफल

आज मिति २०८२ साल चैत महिनाको १८ गते बुधबार इस्वी सम्वत २०२६ अप्रिल १ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहन सक्छ, जसले गर्दा प्रतिस्पर्धीहरू अगाडि बढ्ने सम्भावना छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या आउन सक्छ। पाउनुपर्ने रकम नआउनु तथा आफन्तलाई दिएको पैसा कारणले सम्बन्ध बिग्रन सक्छ। धन–सम्पत्ति हराउने वा चोरी हुने जोखिम भएकाले यात्रा गर्दा सतर्क रहनुहोस्।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
खोज तथा अनुसन्धानमा राम्रो नतिजा आउने भएकाले अध्ययनमा उत्साह बढ्नेछ। विलासितामा खर्च बढे पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने सम्भावना छ। आर्थिक समस्या समाधान गर्दै शिक्षा तथा बैंकिङ क्षेत्रमा लगानी गर्न सकिनेछ। वंश वृद्धि तथा नोकरीमा बढुवाको योग छ। बौद्धिक क्षमताले सम्मान दिलाउनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आफन्तसँग दूरी बढ्न सक्छ र दाम्पत्य जीवनमा सामान्य मनमुटाब आउन सक्छ। पढाइमा ध्यान नदिँदा पछि पर्न सकिन्छ। राजनीति तथा समाजसेवामा संलग्नहरूका लागि समय मध्यम छ, आलोचनासहितको समर्थन पाइनेछ। व्यापारमा नाफा कमाउन समय र मेहनत बढी लाग्नेछ। कृषि तथा पशुपालनमा लगानी गर्दा लाभ हुन सक्छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
गलत लेखाइ वा बुझाइले प्रतिष्ठामा असर पार्न सक्छ, त्यसैले सावधान रहनुहोस्। छोटो यात्रा सम्भव भए पनि अत्यधिक उत्साहले समस्या निम्त्याउन सक्छ। व्यापारमा लगानी गर्दा अपेक्षित नाफा पाउन समय लाग्नेछ। प्रेममा मनमुटाब भए पनि अन्ततः विश्वास कायम हुनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आफन्त तथा साथीबाट आउने सुखद समाचारले उत्साह बढाउनेछ। व्यापार तथा शेयर बजारमा लगानी लाभदायक रहनेछ र नयाँ काम सुरु गर्न सकिनेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। बोलीको प्रभावले कम बोलेर पनि राम्रो आम्दानी गर्न सकिनेछ। अध्ययनमा सुधार आउनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
व्यापार फस्टाउनेछ र आर्थिक अवस्था मजबुत बन्नेछ। मनपर्ने वस्त्र तथा गहना उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। आत्मविश्वास बढ्नेछ र पारिवारिक जमघटमा रमाइलो हुनेछ। साथीभाइको सहयोगले सफलता मिल्नेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
दैनिक खर्च बढ्न सक्छ र आर्थिक व्यवस्थापनमा कठिनाइ आउन सक्छ। अपरिचित वा आफन्तमाथि बढी विश्वास गर्दा धोका हुन सक्छ। स्वास्थ्य समस्या तथा उपचार खर्च बढ्ने सम्भावना छ। तर विदेशी व्यापार वा संस्थासँग सम्बन्धित काम गर्नेहरूका लागि समय अनुकूल छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
सुखद समाचारले दिन उत्साहजनक बन्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर प्राप्त हुनेछ। रोकिएका काम पूरा हुनेछन् र नयाँ काम सुरु गर्न सकिनेछ। पैतृक सम्पत्तिबाट लाभ हुने सम्भावना छ। प्रेम तथा मित्रता अझ मजबुत बन्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
कार्यस्थलमा आलोचना गर्नेहरू सक्रिय हुने भएकाले सावधानी अपनाउनुहोस्। अनावश्यक सम्बन्ध वा वाचा गर्दा सचेत रहनुहोस्। सरकारी काममा ढिलाइ हुन सक्छ। महत्त्वपूर्ण अवसर गुम्न सक्ने सम्भावना छ। आमा–बुवा तथा अग्रजसँग मनमुटाब हुन सक्छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। मन्दिर वा धार्मिक स्थलको यात्रा हुन सक्छ। अध्ययनका लागि लामो यात्रा सम्भव छ। भाग्यले साथ दिने भएकाले सानो प्रयासले ठूलो सफलता मिल्नेछ। सरकारी क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
समयअनुसार नचल्दा समस्या आउन सक्छ। व्यापारमा ध्यान नदिँदा घाटा हुन सक्छ। प्रेम तथा दाम्पत्य जीवनमा तनाव आउन सक्छ। स्वास्थ्यमा सामान्य समस्या तथा खर्च बढ्न सक्छ। पढाइमा पछि पर्न सकिन्छ। आफन्तसँग मनमुटाब हुने सम्भावना छ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापारको सिलसिलामा लामो यात्रा हुन सक्छ। उद्योग, व्यापार तथा शेयर बजारमा लगानी लाभदायक रहनेछ। अध्ययन, लेखन, कला र संगीतमा रुचि बढ्नेछ र प्रतिभाको कदर हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर