आज मिति २०८२ साल चैत महिनाको २१ गते शनिबार इस्वी सम्वत २०२६ अप्रिल ४ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
घरायसी सेवा–सुविधाको उपयोग गर्दै अगाडि बढ्न सकिनेछ। आफन्त तथा साथीभाइको सहयोग प्राप्त हुने योग रहेको छ। व्यापारमा राम्रो आम्दानी भई आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल रहनेछ भने विपरीत लिङ्गको सहयोगले राम्रो काम गर्न सकिनेछ। विलासी वस्तुको प्रयोगबाट अरूलाई आकर्षित गर्न सकिनेछ। यात्रा, खानपान तथा मनोरञ्जनमा समय बित्नेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
पुराना रोगहरू पुनः बल्झन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुहोस्। रकम लगानी गर्न केही समय पर्खनु उपयुक्त हुनेछ। व्यापार–व्यवसायमा अपेक्षाअनुसार आम्दानी नहुँदा आर्थिक अवस्था कमजोर हुन सक्छ। प्रेममा एकअर्कालाई बुझ्न नसक्दा केही समय दूरी बढ्न सक्छ। विवादमा परे हारिने सम्भावना छ, त्यसैले टाढै रहनुहोस्। यात्रा तथा सवारी प्रयोग गर्दा सावधानी अपनाउनुहोस्।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
व्यवसाय तथा कार्य वातावरण अनुकूल बन्नेछ, जसले आर्थिक अवस्था सुदृढ बनाउनेछ। आफन्त तथा सन्तानबाट विशेष सहयोग प्राप्त हुनेछ। बौद्धिक क्षमताको प्रयोगले नाम र दाम दुवै कमाउन सकिनेछ। नयाँ विचारहरूलाई प्रविधिमार्फत व्यवहारमा उतार्न सकिनेछ। प्रेममा सफलता मिल्नेछ। अध्ययनसँग सम्बन्धित यात्राको अवसर प्राप्त हुनेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न थप मेहनत आवश्यक पर्नेछ। राजनीति तथा समाजसेवामा लागेकाहरूले सन्तुलित व्यवहार गर्नुपर्छ। आमा तथा आफन्तबाट उपयोगी सुझाव प्राप्त हुनेछन्। कृषि तथा पशुपालनबाट राम्रो आम्दानी हुनेछ। सामाजिक कार्यमा संलग्न हुँदा सबैको प्रशंसा पाइनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
अध्ययनमा ध्यान दिन नसक्दा पछि पर्ने सम्भावना छ। अरूका लागि श्रम खर्च गर्दा आफ्ना काम प्रभावित हुन सक्छन्। रमाइलो वातावरणमा पनि मन खिन्न रहन सक्छ। साथीभाइ तथा आफन्तसँग विवाद बढ्न सक्छ। प्रेममा अविश्वासका कारण सम्बन्धमा तनाव आउन सक्छ। व्यापारमा अपेक्षाकृत कम आम्दानी हुनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
प्रियजन नजिक हुँदा मन प्रसन्न रहनेछ। विवादित विषयहरू तपाईंको पक्षमा समाधान हुनेछन्। आम्दानीका नयाँ स्रोतहरू जुट्ने भएकाले दीर्घकालीन लगानीका अवसर मिल्नेछन्। परिवारसँग रमाइलो समय बित्नेछ। तपाईंका कामको दाजुभाइ तथा छिमेकीबाट उच्च प्रशंसा हुनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
सुरु गरेका काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। वाणीको प्रभाव बढ्ने भएकाले बोलेरै धेरै काम सम्पन्न गर्न सकिनेछ। पढाइमा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। प्रेममा शंका हट्दै सम्बन्ध सुदृढ हुनेछ। व्यापारमा वृद्धि हुनेछ, विशेषतः निर्माण सामग्री र खाद्यवस्तुमा।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
यात्राका क्रममा सावधानी अपनाउनुहोस्। नियम उल्लंघन गर्दा जरिवाना वा दण्डको सम्भावना छ। व्यापारमा कम आम्दानी हुँदा आर्थिक अवस्था कमजोर हुन सक्छ। भौतिक सम्पत्ति हराउने जोखिम छ। प्रेममा अविश्वासले दूरी बढाउन सक्छ। तर विदेशी सामानको व्यापारमा प्रगति हुनेछ। प्रविधिको प्रयोगले आफ्ना विचारहरू फैलाउन सकिनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग छ। नयाँ कामबाट आम्दानीका स्रोतहरू बढ्नेछन्। सरकारी तथा पैतृक सम्पत्तिमा लाभ हुने सम्भावना छ। दाजुभाइ तथा अग्रजको सुझावले सफलता मिल्नेछ। पढाइमा राम्रो प्रगति हुनेछ। समाजमा बौद्धिक कार्यमार्फत प्रतिष्ठा बढ्नेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
स्वास्थ्य कमजोर रहन सक्छ र पारिवारिक स्वास्थ्यमा खर्च बढ्न सक्छ। जग्गा तथा सवारी सम्बन्धी झमेलामा पर्न सकिन्छ, सावधानी अपनाउनुहोस्। समाजसेवा वा राजनीतिमा आलोचना सहनु पर्नेछ। प्रेममा अविश्वासले दूरी ल्याउन सक्छ। विद्यार्थीहरूले बढी ध्यान दिए सफल हुनेछन्।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
भाग्यको साथले कामहरू सजिलै सम्पन्न हुनेछन्। सामाजिक तथा सरकारी क्षेत्रमा सेवा गर्ने अवसर मिल्नेछ। अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ। शिक्षा तथा धार्मिक कार्यबाट राम्रो आम्दानी हुनेछ। धार्मिक यात्राको योग छ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्। दिनभर व्यस्त भए पनि पारिश्रमिक कम हुँदा असन्तुष्टि हुन सक्छ। खानपान तथा वातावरणमा ध्यान दिनुहोस्। पढाइमा ध्यान नदिँदा पछि पर्ने सम्भावना छ। व्यापारमा घाटा लाग्न सक्छ। प्रेममा धोका र दाम्पत्य जीवनमा तनाव आउन सक्छ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!





