आज मिति २०८२ साल चैत महिनाको २२ गते आइतबार इस्वी सम्वत २०२६ अप्रिल ५ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
रमाइलो यात्राको योग रहेको छ, जहाँ भरपूर मनोरञ्जन लिन सकिनेछ। एकल तथा साझेदारी व्यापार फस्टाउनेछ। पारिवारिक जमघटमा सहभागी भई स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ सुदृढ हुनेछ। भौतिक तथा विलासी वस्तुको प्रयोगबाट अरूको ध्यान आकर्षित गर्न सकिनेछ। साँझपख यात्रा वा सवारी प्रयोग गर्दा सावधानी अपनाउनुहोला।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
स्वास्थ्यले साथ नदिन सक्छ, त्यसैले अत्यधिक दौडधुप नगर्नु उचित हुनेछ। व्यापारमा अपेक्षित आम्दानी नहुन सक्छ। कानुनी निर्णयहरू तपाईंको पक्षमा नआउन सक्छन्। प्रेम सम्बन्धमा अविश्वास वा धोका हुन सक्छ। ऋण, रोग वा शत्रुसँग जुध्नुपर्दा मन खिन्न हुन सक्छ। आफन्त वा मावली पक्षबाट अपेक्षित सहयोग नपाइनेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
उपहार वा चिठ्ठा प्राप्त हुने सम्भावना छ। भौतिक सम्पत्तिमा लाभ मिल्नेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित लगानीबाट राम्रो आम्दानी हुन सक्छ। घरमा नयाँ सदस्यको आगमन हुन सक्छ, र सन्तानको प्रगति देख्न पाइनेछ। व्यापार वा शेयर बजारमा लगानी गर्दा लाभ मिल्नेछ। प्रेम सम्बन्धमा नजिकियत बढ्नेछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
सजग नबन्दा आफन्त टाढिन सक्छन्। अध्ययन वा कामको सिलसिलामा लामो दूरीको कष्टकर यात्रा गर्नुपर्दा मन खिन्न हुन सक्छ। सवारी प्रयोग गर्दा सावधानी अपनाउनुहोला। छोटो अवधिको फाइदाले दीर्घकालीन घाटा निम्त्याउन सक्छ। योजनाहरू तुरुन्त सार्वजनिक नगर्नु उत्तम हुनेछ। कृषि तथा पशुपालन व्यवसायमा भने प्रगति हुनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
अप्ठ्यारो अवस्थामा सहयोग गर्नेहरू कमै भेटिनेछन्। कुनै पनि काम नियमअनुसार गर्नुहोस्, बलजफ्ती गर्दा समस्या आउन सक्छ। आफन्त र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ। अध्ययनमा ध्यान नजाँदा पछि पर्न सकिन्छ। छोटो दूरीको यात्रा कष्टकर हुन सक्छ। तर वित्तीय क्षेत्रमा लगानी गर्दा नाफा कमाउन सकिनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
कार्य क्षेत्रमा तपाईंको बोलीको प्रभाव महत्वपूर्ण रहनेछ। सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछन्। आफन्तको सहयोगले कामहरू सहज रूपमा अघि बढ्नेछन्। व्यापारमा लगानी गरेर आर्थिक अवस्था बलियो बनाउन सकिनेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ। गीत-संगीत र मोडलिङतर्फ रुचि बढ्नेछ। अध्ययनमा ध्यान केन्द्रित हुँदा सफलता मिल्नेछ। व्यवसायमा राम्रो आम्दानी हुनेछ र आर्थिक अवस्था सुदृढ रहनेछ। राजनीति तथा समाजसेवामा लागेकाहरूले पद प्राप्त गर्न सक्ने योग छ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
सामान्य स्वास्थ्य समस्या देखिन सक्छ र काम गर्ने उत्साह घट्न सक्छ। अरूमा निर्भर रहँदा काममा ढिलाइ हुन सक्छ। गलत संगतबाट टाढा रहनु आवश्यक छ। आफन्त वा अग्रजबाट अपेक्षित सहयोग नपाइन सक्छ। अध्ययन वा कामका लागि लामो दूरीको यात्रा हुन सक्छ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
काम गर्ने अवसरहरू प्रशस्त भेटिनेछन्। व्यापार वा शेयर बजारमा लगानी गर्दा आर्थिक अवस्था सुदृढ हुनेछ। सीमित स्रोतबाट पनि आवश्यकताहरू पूरा गर्न सकिनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। अध्ययनमा राम्रो नतिजा प्राप्त हुनेछ। साँझपख यात्रा गर्दा सावधानी अपनाउनुहोला।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
शरीरमा चोटपटक वा समस्या देखिन सक्छ। आफन्तसँगको आर्थिक लेनदेनले विवाद निम्त्याउन सक्छ। प्रेम तथा दाम्पत्य जीवनमा उतार-चढाव आउन सक्छ। बुबा-आमाको स्वास्थ्यमा समस्या आउँदा खर्च बढ्न सक्छ। समाजसेवा वा राजनीतिमा अपेक्षित समर्थन नपाइने सम्भावना छ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
प्रविधिको प्रयोगबाट आफ्ना विचारहरू सार्वजनिक गर्न सकिनेछ। धार्मिक यात्रा हुने सम्भावना छ, जहाँ पूजा तथा प्रसाद ग्रहण गर्न सकिनेछ। प्रेम सम्बन्धमा साथ र सहयोग मिल्नेछ। खाद्यान्न, निर्माण सामग्री तथा अटो पार्ट्स व्यापारमा वृद्धि हुनेछ। विदेश जाने योजना बनाएकाहरूका लागि समय अनुकूल छ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
धेरै मेहनतका बाबजुद आंशिक सफलता प्राप्त हुनेछ। व्यापारमा मन्दी आउँदा आर्थिक अभाव हुन सक्छ। स्वास्थ्य समस्या तथा खर्च बढ्ने सम्भावना छ। आफन्त वा दिदीबहिनीसँग मनमुटाव हुन सक्छ। आलोचना र विवादबीच पनि जिम्मेवारी पूरा गर्नुपर्नेछ। साँझतिर समय अनुकूल हुनेछ ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!





