Skip to content

सरकारी विज्ञापन प्रकाशन/प्रसारण सम्बन्धी सरकारको निर्णय विभेदपूर्ण : अर्थमन्त्री यादव

२०८२ चैत्र २३, सोमबार
सरकारी विज्ञापन प्रकाशन/प्रसारण सम्बन्धी सरकारको निर्णय विभेदपूर्ण : अर्थमन्त्री यादव

जनकपुर । मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले नेपाल सरकारले केही दिन अघि सरकारी विज्ञापन प्रकाशन÷प्रसारण सम्बन्धी लागु गरेको नियमहरु विभेदपूर्ण रहेको धारणा व्यक्त गरेका छन् ।
सोमबार जनकपुरधामस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आर्थिक गतिवीधिबारे जानकारी गराउने क्रममा अर्थमन्त्री यादवले सरकारले लागु गरेको विज्ञापन सम्बन्धी नियमले मिडिया हाउस र सञ्चारकर्मीहरुसंग विभेद भएको बताए ।
उनले यस विषयमा प्रदेश सरकार गम्भिर रहेको धारण राखे । मन्त्री यादवले अहिलेको सरकार मजबुत रहेको भन्दै विभेदपूर्ण नीति ल्याउनुको साटो सुधारोन्मुख कार्यक्रम ल्याएर सम्पूर्ण पत्रकार र मिडियाकर्मीहरुलाई सम्बोधन गर्नुपर्ने बताए । उनले जोखिम मोलेर अहोरात्र खट्ने सञ्चारकर्मीहरुको भूमिकाको प्रशंसा गरे ।
त्यस्तै अर्थमन्त्री यादवले विगतमा प्रदेश सरकारको मातहतमा सुरु भएका विभिन्न आवास निर्माणका योजनाहरुलाई सम्पन्न गर्ने बताए ।
उनले प्रदेश सरकारले यस वर्ष मुख्यमन्त्री आवास कार्यक्रमको सुरुवात गरेर गरीब, विपन्न, दलित समूदायका लागि आवास निर्माण गर्ने लक्ष्य राखेकोमा पहिलै अधुरो रहेको आवास निर्माणका योजनाहरु सम्पन्न गरी अनि मात्र नयाँ योजनालाई अघि बढाउने जानकारी दिए ।
मन्त्री यादवले टुक्रे योजनाहरु भन्दा जनताले देख्ने र अनुभूति गर्नसक्ने कार्यहरुमा प्रदेश सरकारले जोड दिने ध्येयका साथ काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर