आज मिति २०८२ साल चैत महिनाको २५ गते बुधबार इस्वी सम्वत २०२६ अप्रिल ८ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ। मौसमअनुसारका सामानको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ। सामाजिक तथा कल्याणकारी कार्य गरेर नाम कमाउन सकिनेछ। धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। लामो दूरीको धार्मिक वा शैक्षिक यात्राको सम्भावना रहेको छ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झिँदा महत्वपूर्ण कामहरू अधुरा रहनेछन्। यात्रा गर्दा वा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्, अन्यथा गन्तव्यमा पुग्नुअघि समस्या आउन सक्छ। लामो समयदेखिको प्रेम सम्बन्धमा दूरी आउन सक्छ। स्वास्थ्यमा समस्या आई दैनिक जीवन प्रभावित हुन सक्छ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
नयाँ सवारी साधन वा मनपर्ने भौतिक सम्पत्ति जोड्ने समय रहेको छ। व्यापार तथा वित्तीय क्षेत्रमा लगानी लाभदायक हुनेछ। पारिवारिक यात्रामा स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ। प्रेम सम्बन्धमा नजिकिँदै जानेछ र दाम्पत्य जीवन सुदृढ हुनेछ। अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
लामो दूरीको कार्यालयसम्बन्धी यात्राको सम्भावना छ। प्रेम सम्बन्धका लागि समय अनुकूल रहेको छ। विवाद वा मुद्दा मामिलामा विजय प्राप्त हुनेछ। न्यायिक निर्णय तपाईंको पक्षमा आउने सम्भावना छ। अध्ययनमा रुचि बढ्ने भएकाले उत्कृष्ट नतिजा प्राप्त हुनेछ। दाम्पत्य जीवन अझ सुदृढ हुनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आकस्मिक धन वा सम्पत्ति लाभ हुने योग छ। चिट्ठा वा उपहार प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा नजिकिँदै जानेछ र दाम्पत्य जीवन बलियो हुनेछ। सन्तानबाट सहयोग प्राप्त हुनेछ र उनीहरूको प्रगतिमा खुशी मिल्नेछ। अध्ययनमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गरेर आम्दानी बढाउन सकिनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
राजनीति वा समाजसेवामा सक्रिय हुनुहुन्छ भने काम पूरा गर्न नसक्दा आलोचना सहनुपर्नेछ। अन्य क्षेत्रमा मन्दी आए पनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट लाभ हुनेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ, जसले उपचार खर्च बढाउनेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। साहसिक कार्यमा सहभागी भई नाम र दाम कमाउन सकिनेछ। लेखन, कला तथा साहित्यमा रुचि बढ्नेछ। प्रेम सम्बन्धका लागि समय राम्रो छ। दाजुभाइ तथा आफन्तको सहयोगले व्यापारमा लगानी गरेर राम्रो आम्दानी गर्न सकिनेछ। छोटो दूरीको यात्रा हुने योग छ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आफन्तसँगको सम्बन्ध सुधार हुनेछ। मिठो भोजनका साथ रमाइलो समय बित्नेछ। कम बोल्दै पनि राम्रो आम्दानी गर्न सकिनेछ। व्यापार तथा शेयर बजारमा लगानी लाभदायक हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। प्रेमी जोडीहरूले रमाइलो यात्रा गर्ने अवसर पाउनेछन्।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
सामाजिक कार्य गर्दा समयमै काम नसकिँदा प्रतिष्ठामा असर पर्न सक्छ। खानपानमा ध्यान दिनुहोस्, स्वास्थ्य समस्या आउन सक्छ। अध्ययनमा ध्यान नजाँदा पछि पर्न सकिन्छ। निर्णय क्षमताको अभावले अवसर गुम्न सक्छ। व्यापारमा गिरावट आउन सक्छ र आम्दानीका स्रोतहरू घट्नेछन्।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
स्वास्थ्यमा समस्या आउन सक्छ र औषधि खर्च बढ्नेछ। अध्ययनमा ध्यान नजाँदा पछि पर्न सकिन्छ। व्यापारमा सफलता पाउन बढी समय दिनुपर्नेछ। शेयर बजारमा सोचविचार गरेर लगानी गर्नुपर्ने समय हो। विदेश यात्राको सम्भावना रहेको छ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
अध्ययनमा सुधार गर्दै अगाडि बढ्न सकिनेछ। प्रिय व्यक्तिसँग नजिक रहँदा मन प्रसन्न हुनेछ। परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ। व्यापारमा वृद्धि हुनेछ र नयाँ अवसर प्राप्त हुनेछ। नोकरीमा पदोन्नति हुने सम्भावना छ। साथीभाइसँग भेटघाट र रमाइलो समय बित्नेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
शुभ चन्द्रमाको प्रभावले व्यापारमा लगानी गरी लाभ लिन सकिनेछ। राजनीति तथा समाजसेवामा जनसमर्थन प्राप्त हुनेछ। अध्ययनमा राम्रो नतिजा आउनेछ र गुरु तथा आफन्त खुशी हुनेछन्। प्रेम सम्बन्धमा नजिकिँदै जानेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ र पदोन्नति हुने सम्भावना छ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!





