Skip to content

आज मिति २०८२ साल चैत महिनाको २८ गते शनिबारको राशिफल

२०८२ चैत्र २८, शनिबार
आज मिति २०८२ साल चैत महिनाको २८ गते शनिबारको राशिफल

आज मिति २०८२ साल चैत महिनाको २८ गते शनिबार इस्वी सम्वत २०२६ अप्रिल ११ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
सम्मानजनक कार्य गरेर सबैको मन जित्न सकिनेछ। व्यापार–व्यवसायमा राम्रो आम्दानी हुनेछ। परिवारसँग भेटघाट र मिठो भोजनको अवसर मिल्नेछ। परिवारजनको सहयोगले महत्वपूर्ण कामहरू सफल हुनेछन् र आर्थिक अवस्था मजबुत बन्नेछ। अध्ययन वा कामका लागि लामो दूरीको यात्रा हुने योग छ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
परिणाममुखी कामबाट अरूको मन जित्न सकिनेछ। आर्थिक समस्या समाधान हुँदै व्यापारमा वृद्धि हुनेछ। अनुसन्धान तथा खोजमूलक क्षेत्रमा लाग्नेहरू सफल हुनेछन्। धार्मिक कार्यतर्फ आकर्षण बढ्नेछ र धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
परिवार तथा दाम्पत्य सम्बन्धमा विवाद बढ्न सक्छ। आफन्तबीच मतभेद हुने संकेत देखिन्छ। काम समयमा सम्पन्न नहुँदा तनाव हुन सक्छ। आर्थिक व्यवस्थापनमा कमजोरीले समस्या ल्याउन सक्छ। पढाइमा ध्यान नदिँदा पछि पर्ने सम्भावना छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
दिन रमाइलो र पारिवारिक वातावरणमा बित्नेछ। मिठो भोजनको अवसर मिल्नेछ। सानो लगानीबाट पनि व्यापारमा राम्रो फाइदा हुनेछ। अध्ययनमा राम्रो प्रदर्शन हुनेछ। आवश्यक साधन–स्रोत जुट्नेछन्। प्रेम र मित्रता अझ बलियो बन्नेछ। सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रस्तुत गर्न सकिनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
कार्य क्षेत्रमा केही विवाद भए पनि अन्ततः तपाईंको विचार स्वीकार गरिनेछ। आफन्त र मावली पक्षबाट सहयोग प्राप्त हुनेछ। अध्ययनमा सफलता मिल्नेछ। राज्यबाट पद प्राप्तिको सम्भावना छ। विरोध गर्नेहरू नै प्रशंसा गर्न थाल्नेछन्।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
दाम्पत्य जीवन सुखद रहनेछ। सन्तान र आफन्तको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछन्। नोकरीमा प्रशंसा प्राप्त हुनेछ। राजनीति तथा समाजसेवामा सक्रियता बढ्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। वैदेशिक रोजगारी लाभदायक हुनेछ। जग्गा–जमिनको कारोबारबाट फाइदा हुनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आफ्नै व्यवहारका कारण साथीभाइ र आफन्त टाढा हुन सक्छन्। व्यापारमा अपेक्षाअनुसार आम्दानी नहुन सक्छ। सानातिना कुरामा मनमुटाव बढ्नेछ। पढाइमा ध्यान कम जानेछ। प्रेममा शंका उत्पन्न हुन सक्छ। स्वास्थ्य, विशेष गरी छातीसम्बन्धी समस्या देखिन सक्छ, सतर्क रहनुहोस्।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
अवसरको सदुपयोग गर्दै राम्रो काम गर्न सकिनेछ। दाजुभाइ, आफन्त र छिमेकीसँग रमाइलो वातावरण रहनेछ। व्यापारमा लगानी गरेर भविष्य सुरक्षित बनाउन सकिनेछ। प्रेम सम्बन्ध बलियो बन्नेछ। अध्ययनमा प्रगति हुनेछ। समयको सदुपयोग गरी यात्रा गर्न सकिनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यापारबाट राम्रो आम्दानी हुनेछ र लगानीका अवसर मिल्नेछन्। उधारो धन फिर्ता हुने योग छ। अध्ययनमा मन लाग्नेछ र राम्रो नतिजा प्राप्त हुनेछ। कला, संगीत र मोडलिङ क्षेत्रमा लाग्नेहरूका लागि समय राम्रो छ। परिवारसँग रमाइलो र स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले ज्ञान वृद्धि हुनेछ। राजनीति र समाजसेवामा सक्रियता बढ्नेछ र पद प्राप्तिको सम्भावना छ। भौतिक सम्पत्तिको उपयोगले अरूको मन जित्न सकिनेछ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। मनपर्ने उपहार प्राप्त हुने सम्भावना छ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
खर्च बढ्नाले दैनिकी प्रभावित हुन सक्छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या आउन सक्छ। नियम उल्लंघन गर्दा जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्छ। व्यवहारका कारण प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ। तर विदेश यात्रा र विदेशमा काम गर्नेहरूका लागि समय राम्रो रहनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
स्रोत–साधन जुटेर कार्यक्षेत्रमा सफलता मिल्नेछ। रोकिएका कामहरू सम्पन्न हुनेछन् र नयाँ जिम्मेवारी थपिनेछ। व्यापार फस्टाएर आम्दानी बढ्नेछ। अध्ययनमा सुधार आउनेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर