Skip to content

आज मिति २०८२ साल चैत महिनाको २६ गते बिहीबारको राशिफल

२०८२ चैत्र २६, बिहीबार
आज मिति २०८२ साल चैत महिनाको २६ गते बिहीबारको राशिफल

आज मिति २०८२ साल चैत महिनाको २६ गते बिहीबार इस्वी सम्वत २०२६ अप्रिल ९ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
सामाजिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ। ।।। नियम पालना गर्दै नयाँ काम सुरु गर्न सकिनेछ। लामो दूरीको धार्मिक वा शैक्षिक यात्राको योग छ। बौद्धिक क्षमता विस्तार हुने र योजना बनाएर कार्यान्वयन गर्न सकिनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
खानपान र मौसमप्रति लापरवाहीले स्वास्थ्य समस्या निम्त्याउन सक्छ। कार्यक्षेत्रमा आलोचना बढ्ने र काममा अवरोध आउने सम्भावना छ। आर्थिक क्षेत्रमा सावधानीपूर्वक लगानी गर्नुहोस्। व्यापारमा मन्दी आउन सक्छ र आम्दानी घट्न सक्छ। पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
जीवनसाथीको सहयोगले सफल कार्य गर्न सकिनेछ। प्रेम सम्बन्धमा नजिकिँदै जानेछ। निर्माण सामग्री र खाद्यान्न व्यापारमा प्रगति हुनेछ। औद्योगिक तथा शेयर बजारबाट लाभ मिल्नेछ। लामो दूरीको यात्रा सम्भव छ। प्रविधिको प्रयोगबाट आफ्नो विचार प्रस्तुत गर्न सकिनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ। अध्ययनमा मेहनतको राम्रो फल प्राप्त हुनेछ। नयाँ काम सुरु गर्न आवश्यक स्रोत जुट्नेछ। व्यापारमा वृद्धि हुने र लगानीको अवसर आउनेछ। खाद्यान्न, निर्माण सामग्री तथा शेयर बजारमा लगानी लाभदायक रहनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
बौद्धिक क्षमताको प्रयोगबाट प्रगति हुनेछ। मनपर्ने व्यक्तिबाट यात्रा वा उपहारको अवसर मिल्नेछ। परिवार र सन्तानबाट सहयोग प्राप्त हुनेछ। बैंक तथा वित्तीय कार्यबाट राम्रो लाभ हुनेछ। सुखद समाचारले मन प्रसन्न रहनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
नयाँ काम सुरु गर्नुभन्दा पुराना कामलाई निरन्तरता दिनु राम्रो हुनेछ। घरायसी सुविधामा कमी हुँदा मन खिन्न हुन सक्छ। काममा अवरोध आउन सक्छ र प्रतिस्पर्धीहरू हावी हुन सक्छन्। स्वास्थ्य, विशेष गरी छातीसम्बन्धी समस्या देखिन सक्छ। परिवारबाट टाढा रहनुपर्दा असहज महसुस हुनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
मनपर्ने व्यक्तिसँग रमाइलो यात्रा र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। व्यापार तथा उद्योगबाट राम्रो आम्दानी हुनेछ। विवाद समाधान हुनेछन् र कानुनी निर्णय तपाईंको पक्षमा आउनेछन्। अध्ययनमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। नयाँ अवसर वा पदोन्नतिको योग छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आर्थिक स्थिति मजबुत हुनेछ। रोकिएको पैसा फिर्ता आउनेछ। आफन्तको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ। बोलीकै प्रभावले प्रतिष्ठित कार्य गर्न सकिनेछ। परिवारसँग यात्रा र रमाइलो समय बित्नेछ। अभाव हट्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
प्रतिबद्धता पूरा गर्न नसक्दा आलोचना हुन सक्छ। नयाँ काम सुरु गर्न केही समय पर्खनु उचित हुनेछ। आर्थिक समस्या आउन सक्छ र उठ्नुपर्ने रकम ढिला हुन सक्छ। प्रविधिको प्रयोगमा सावधानी अपनाउनुहोस्। प्रेम र दाम्पत्य जीवनमा उतारचढाव आउने सम्भावना छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरी खानपानमा ध्यान दिनु आवश्यक छ। प्रेम सम्बन्ध सामान्य रहनेछ। अध्ययनमा सफलता पाउन समय र मेहनत बढी चाहिनेछ। विदेश यात्रा वा अवसर प्राप्त हुने सम्भावना छ। विदेशी व्यापार र रोजगारीमा सफलता मिल्नेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
पैतृक सम्पत्तिको सदुपयोगबाट आर्थिक लाभ हुनेछ। बैंक तथा वित्तीय क्षेत्रमा सुधार आउनेछ। विद्यार्थीहरूका लागि समय अनुकूल छ। इच्छाहरू पूरा हुनेछन्। अध्ययनमा राम्रो नतिजा प्राप्त भई मन प्रसन्न रहनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
राजनीति र समाजसेवामा राम्रो समर्थन प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रशंसा र लोकप्रियता बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ। प्रेममा विश्वास बढ्नेछ। नयाँ जागिर वा स्थानान्तरणको अवसर मिल्नेछ। व्यापार तथा लगानीबाट राम्रो आम्दानी हुनेछ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर