Skip to content

आज मिति २०८३ साल बैशाख महिनाको १ गते मंगलबारको राशिफल

२०८३ बैशाख १, मंगलवार
आज मिति २०८३ साल बैशाख महिनाको १ गते मंगलबारको राशिफल

आज मिति २०८३ साल बैशाख महिनाको १ गते मंगलबार इस्वी सम्वत २०२६ अप्रिल १३ तारिख !!

आज नयाँ बर्ष !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
राजनीति तथा समाजसेवामा जनसमर्थन मजबुत रहनेछ। विलासी वस्तुहरूको प्रयोगबाट राम्रो आम्दानी हुनेछ। आर्थिक रूपमा चालिएका कदमहरूले अपेक्षित सफलता दिने हुँदा मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। मनोरञ्जन, खानपान तथा यात्रामा रमाइलो समय बित्नेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
समयको सदुपयोग गर्दै सामाजिक तथा कल्याणकारी काममा लाग्न सकिनेछ। कर्म प्राप्तिका लागि विदेश यात्रा हुने सम्भावना देखिन्छ। परिवारसँग बसेर स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ। प्रविधिको प्रयोगबाट आफ्ना विचारहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ। यात्रा र मनोरञ्जनमा समय बित्नेछ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
राजनीतिमा सक्रिय व्यक्तिहरूले राज्यबाट सुविधा पाउने सम्भावना छ। अध्ययनमा प्रगति हुनेछ। छोटो दूरीको यात्रा रमाइलो रहनेछ। खाद्यान्न, औषधि तथा होटल व्यवसायमा लगानी गर्नेहरूका लागि समय अनुकूल छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
राजनीति तथा समाजसेवामा संलग्न व्यक्तिहरूले राज्यबाट लाभ पाउनेछन्। बुवा वा बुवा समान व्यक्तिको सहयोग मिल्नेछ। परिवारसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ। अध्ययन वा कामभन्दा परिवारलाई प्राथमिकता दिँदा मन खुशी रहनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
धार्मिक तथा शैक्षिक यात्राको अवसर मिल्नेछ। यात्राका क्रममा महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ। प्रेम सम्बन्ध अझ मजबुत बन्नेछ। जीवनसाथीको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछन्। मन्दिर भ्रमण र धार्मिक कार्यमा संलग्न हुने योग छ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आफन्त र गुरुजनको सुझावलाई आत्मसात् गर्दै अगाडि बढ्न सकिनेछ। प्रिय व्यक्तिबाट उपहार वा भौतिक लाभ मिल्ने सम्भावना छ। प्रेममा निकटता बढ्नेछ। सामाजिक सञ्जालको माध्यमबाट आफ्ना विचारहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ। व्यापारका लागि समय राम्रो छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
भौतिक सम्पत्ति प्राप्तिको राम्रो योग छ। लामो समयपछि साथीहरूसँग भेटघाट हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। गुरुजनको सहयोगले लक्ष्य प्राप्ति सहज हुनेछ। परिवारसँग रमाइलो यात्रा र खानपानको अवसर मिल्नेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
प्रतिस्पर्धीहरू सक्रिय भए पनि अन्ततः तपाईंको क्षमताले सफलता दिलाउनेछ। स्वास्थ्य सुधार हुँदै जानेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। साथीभाइसँगको भेटले मन प्रसन्न बनाउनेछ। यात्रा र मनोरञ्जनमा समय बित्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
प्रेम सम्बन्धमा खुशी र सन्तुष्टि प्राप्त हुनेछ। छोटो दूरीको रमाइलो यात्रा हुनेछ। परिवारसँग समय बिताउन पाइनेछ। आकस्मिक धन लाभ हुने सम्भावना छ। अनलाइन व्यापार तथा सेवा क्षेत्रबाट लाभ लिन सकिनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
प्रयास गर्दा महत्वपूर्ण कार्यहरू सफल हुनेछन्। आम्दानी वृद्धि हुनेछ र लगानीका अवसरहरू प्राप्त हुनेछन्। परिवार र जीवनसाथीको सहयोगले काम सहज हुनेछ। कृषि तथा पशुपालन क्षेत्रमा सुधार गर्दै राम्रो आम्दानी लिन सकिनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
पराक्रम र आत्मविश्वास बढ्नेछ। सानो प्रयासबाट पनि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। दाजुभाइ तथा छिमेकीसँग सम्बन्ध सुधार हुनेछ। छोटो यात्रा रमाइलो रहनेछ। लेखन तथा साहित्यमा रुचि बढ्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मित्र तथा आफन्तसँग सम्बन्ध अझ प्रगाढ हुनेछ। वाणीको प्रभाव बढ्नेछ, जसले उपलब्धि हासिल गर्न मद्दत गर्नेछ। कला र साहित्य क्षेत्रमा सक्रिय रहनेहरूले आम्दानीका नयाँ स्रोतहरू पत्ता लगाउन सक्नेछन्। यात्रा र स्वादिष्ट भोजनमा समय बित्नेछ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर