आज मिति २०८२ साल चैत महिनाको २९ गते आइतबार इस्वी सम्वत २०२६ अप्रिल १२ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
राज्य भावमा शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै प्रतिष्ठा कमाउन सकिनेछ। मित्र तथा आफन्तको साथले दैनिकी सहज रहनेछ। सङ्गीत र फिल्मी क्षेत्रमा रुचि बढ्नेछ। नयाँ अवसर प्राप्त हुने तथा पदोन्नतिको योग बलियो छ। व्यापार वा उद्योगमा लगानीबाट लाभ मिल्नेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यवसायका कारण लामो दूरीको यात्रा सम्भव छ। पर्यटन तथा यात्रा सम्बन्धी क्षेत्र उन्नत हुनेछ। धार्मिक र शैक्षिक क्षेत्रमा संलग्न भई उत्कृष्ट उपलब्धि हासिल गर्न सकिनेछ। प्रेम सम्बन्धमा रमाउने समय छ। सानो प्रयासले पनि राम्रो परिणाम दिन्छ। अनुसन्धान र खोजका काम सहज रूपमा अघि बढ्नेछन्।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
समय मध्यम भएकाले परिश्रमको फल ढिलो मिल्न सक्छ। साना कुरामा अल्झिँदा महत्वपूर्ण अवसर गुम्न सक्छन्। सवारी साधन र सम्पत्तिको प्रयोगमा सावधानी अपनाउनुहोस्। आफन्तसँग मनमुटाव हुन सक्छ। ऋण, रोग वा तनावको सामना गर्नु पर्न सक्छ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
विलासी वस्तु वा फेन्सी व्यापारबाट राम्रो आम्दानी हुनेछ। साझेदारी वा एकल व्यवसायमा लगानी बढाउन सकिनेछ। व्यापारका सिलसिलामा यात्रा हुन सक्छ। साथीभाइबाट उपहार प्राप्त हुने सम्भावना छ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आँट र साहसका साथ काम सफल हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। पुराना ऋण तिर्ने र स्वास्थ्यमा सुधार आउनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। दीर्घकालीन आम्दानी दिने काम सुरु गर्न सकिनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। प्रविधिको प्रयोगले कार्य सजिलो हुनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
औद्योगिक क्षेत्रमा राम्रो आम्दानी हुनेछ। परिवार वा सन्तानको सहयोगले व्यवसायमा प्रगति हुनेछ। प्रेमका लागि अनुकूल समय छ। बौद्धिक कार्यक्रममा सहभागिता जनाउने अवसर मिल्नेछ। अध्ययनमा अपेक्षित सफलता मिल्नेछ। यात्रा र मनोरञ्जनमा समय बित्नेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
सवारी साधन सम्बन्धी व्यवसायमा मेहनत बढाउनुपर्नेछ। अध्ययनमा सफलता पाउन थप प्रयास आवश्यक छ। राजनीति वा समाजसेवामा समय मध्यम छ—व्यवहारमा सन्तुलन आवश्यक। परिवारबाट सकारात्मक सुझाव प्राप्त हुनेछन्, जसले सुधार ल्याउनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
अध्ययनमा थोरै प्रयासले राम्रो नतिजा ल्याउन सकिनेछ। छोटो रमाइलो यात्रा हुने सम्भावना छ। विवादित विषयमा निर्णय तपाईंको पक्षमा आउनेछ। आर्थिक अवस्था सुधार हुँदै लगानीका अवसर बढ्नेछन्। सहकार्यबाट व्यवसाय सफल हुनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
शिक्षा क्षेत्रमा सुधार हुनेछ। साथीभाइबाट सुखद समाचार प्राप्त हुनेछ। प्रेम सम्बन्ध अनुकूल रहनेछ। बोलीको प्रभावले आर्थिक लाभ लिन सकिनेछ। कृषि, पशुपालन तथा खाद्यान्न व्यवसायमा राम्रो आम्दानी हुनेछ। होटल तथा रेष्टुरेन्ट क्षेत्रमा लगानी लाभदायक हुनेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
राजनीति वा सामाजिक सेवाबाट प्रतिष्ठा र आम्दानी बढ्नेछ। व्यापारमा राम्रो लाभ हुनेछ। अध्ययनमा उत्कृष्ट प्रदर्शन गर्न सकिनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। जीवनसाथीको सहयोग मिल्नेछ। आकर्षक पहिरनले व्यक्तित्व झल्किनेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
कानुनी विषयमा सजग रहनु आवश्यक छ, अन्यथा जरिवाना हुन सक्छ। प्रेम सम्बन्धमा दूरी बढ्न सक्छ। यात्रामा खर्च बढ्ने सम्भावना छ। विदेश सम्बन्धी अवसर प्राप्त हुनेछ। विदेशमा अध्ययन वा काम गर्नेहरूका लागि सन्तोषजनक समय छ। अनलाइन व्यापारबाट लाभ मिल्नेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
अध्ययन र अनुसन्धानमा सफलता मिल्नेछ। प्रविधिको प्रयोगले सिर्जनात्मक काम गर्न सकिनेछ। पैत्रिक सम्पत्तिबाट व्यवसाय सुरु गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। जीवनसाथीको सहयोग मिल्नेछ। सामाजिक जमघटमा रमाइलो समय बित्नेछ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!







