काठमाडौँ — सुनचाँदीको भाउमा लगातार वृद्धि जारी रहँदा आज सुनको मूल्य तोलामा तीन लाख रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। नयाँ वर्षको पहिलो दिनदेखि नै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।
हिजो पनि सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले वृद्धि भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा १५५ रुपैयाँले बढेर तोलाको ५ हजार २२० रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
लगातारको मूल्य वृद्धिले सुनचाँदी बजारमा नयाँ रेकर्ड कायम भएको छ।







