ललितपुर। ललितपुरमा सम्पन्न मतदानमा कुल ६८.३३ प्रतिशत मत खसेको छ। कुल २ लाख ६९ हजार २५६ मतदातामध्ये १ लाख ८३ हजार ९९८ जनाले मतदान गरेका हुन्।
प्राप्त अन्तिम विवरणअनुसार मतदान गर्नेहरूमध्ये ९२ हजार १६७ जना पुरुष र ९१ हजार ८३१ जना महिला रहेका छन्।
क्षेत्रगत विवरण अनुसार क्षेत्र नम्बर १ मा कुल ५२ हजार ६३२ मत खसेको छ। त्यसमध्ये २५ हजार ७४१ महिला र २६ हजार ८९१ पुरुषले मतदान गरेका छन्।
क्षेत्र नम्बर २ मा ६१ हजार ९७५ मत खसेको छ। यस क्षेत्रमा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुषले मतदान गरेका छन्।
त्यसैगरी क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी ६९ हजार ३९१ मत खसेको छ। यहाँ ३५ हजार ५५ महिला र ३४ हजार ३३६ पुरुषले मतदान गरेका छन्।
जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।







