काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका र सरकारको दर्ता प्रक्रियामा आएका सुकुमवासी तीन परिवारलाई राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीमा बसोबार गर्दैै आएका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी गरिरहेको छ ।
प्राधिकरण प्रशासन प्रमुख कविता केसी बोगटीका अनुसार लेसोही क्रममा सरकारको दर्ता प्रक्रियामा आएकामध्ये तीन परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको हो ।






