Skip to content

आज मिति २०८३ साल बैशाख महिनाको १० गते बिहीबारको राशिफल

२०८३ बैशाख १०, बिहीबार
आज मिति २०८३ साल बैशाख महिनाको १० गते बिहीबारको राशिफल

आज मिति २०८३ साल बैशाख महिनाको १० गते बिहीबार इस्वी सम्वत २०२६ अप्रिल २३ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
छोटो दूरीको रमाइलो यात्रा तय हुने सम्भावना छ, विशेषगरी अध्ययनसँग सम्बन्धित यात्रा हुन सक्छ। लामो समयदेखि भेट नभएका मित्र तथा आफन्तसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ। खाद्यान्न, गरगहना तथा निर्माण सामग्रीको व्यापारबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्धमा समय अनुकूल रहनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
समयानुसार सोच र योजना बनाउन सकिने हुँदा धेरैको मन जित्न सकिनेछ। कुटुम्ब तथा आफन्तसँग मिलेर गरिने व्यवसाय फस्टाउनेछ र आर्थिक अवस्था सुधार हुनेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। गीत–संगीत तथा मोडलिङ क्षेत्रमा अपेक्षित आम्दानी हुनेछ। सबैको साथ र सहयोगले प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
पुराना कामबाट लाभ लिने समय छ। व्यापार तथा शेयर बजारबाट राम्रो नाफा कमाउन सकिनेछ। समयको सदुपयोग गर्दै रचनात्मक कार्यमार्फत समाजमा प्रतिष्ठा बढ्नेछ। साथीभाइसँगको सहकार्यले सकारात्मक परिणाम ल्याउनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ र नयाँ प्रस्ताव आउने सम्भावना छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
धार्मिक तथा सामाजिक कार्यमा व्यस्त रहनुपर्नेछ। पेशा–व्यवसाय स्वाभाविक रूपमा अघि बढ्ने हुँदा खर्च व्यवस्थापन सहज हुनेछ र केही बचत पनि सम्भव हुनेछ। अध्ययनमा थप समय दिए राम्रो परिणाम प्राप्त हुनेछ। प्रेम सम्बन्धमा समझदारी बढ्दै जानेछ। विदेश यात्रा वा विदेशमा कार्यरत व्यक्तिका लागि दिन प्रभावकारी रहनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
पैतृक तथा प्राकृतिक स्रोतको प्रयोगबाट आम्दानी बढ्नेछ। परिवारका चाहना पूरा गर्न सकिनेछ। शिक्षा वा शेयर बजारसँग सम्बन्धित क्षेत्रमा केही लाभ हुनेछ। प्रेम सम्बन्ध अझ मजबुत बन्नेछ र जीवनसाथीको सहयोग मिल्नेछ। राजनीति तथा समाजसेवामा सक्रिय हुनेहरूका लागि समय राम्रो छ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
अध्ययनमा रुचि बढ्नेछ र अध्ययनकै सिलसिलामा यात्रा हुने सम्भावना छ। सरकारी वा संस्थागत क्षेत्रमा काम गर्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकको सल्लाहले सफलता मिल्नेछ। व्यापार वा शेयर बजारमा गरिएको लगानी भविष्यका लागि लाभदायक हुनेछ। प्रेम सम्बन्धमा खुलापन आउनेछ। नयाँ जागिर वा पदोन्नतिको सम्भावना छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
व्यापार वा शेयर बजारमा आजको लगानी भविष्यमा फलदायी हुनेछ। अनुसन्धान तथा खोजमूलक क्षेत्रमा प्रगति हुनेछ। विशिष्ट व्यक्तिसँग नजिक हुने अवसर र सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्धमा रमाइलो यात्रा हुने सम्भावना छ। सामाजिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ। धार्मिक तथा शैक्षिक यात्राको योग छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
अप्रत्याशित धन तथा सम्पत्ति प्राप्त हुने योग छ। अग्रज तथा आफन्तबाट आर्थिक सहयोग मिल्नेछ। अनुसन्धानमा रुचि बढ्नेछ र लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन्। अध्ययन वा कामका लागि देश–विदेश यात्रा सम्भव छ। धार्मिक स्थलको भ्रमणबाट आत्मिक सन्तुष्टि प्राप्त हुनेछ। सामाजिक कार्यबाट प्रतिष्ठा बढ्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
लगनशीलता र इमानदारीले दैनिकीमा सकारात्मक परिवर्तन ल्याउनेछ। अध्ययनमा सफलता मिल्नेछ। भौतिक सम्पत्ति तथा सवारी साधनबाट आम्दानी बढाउन सकिनेछ। प्रेम सम्बन्धमा नजिकता बढ्नेछ। खानपान, मनोरञ्जन र यात्रामा समय बित्नेछ। व्यापारमा लगानी गरी राम्रो आम्दानी गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। विरोधी तथा ईर्ष्यालु व्यक्तिहरू परास्त हुनेछन्। न्यायिक निर्णयहरू तपाईंको पक्षमा आउन सक्छन्। पुराना ऋण तथा समस्याबाट मुक्ति पाइनेछ। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। व्यापारमा गरिएको लगानी भविष्यमा लाभदायक हुनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आफ्नो ज्ञान र सीप सही समयमा प्रयोग गर्दा चुनौतीहरू पार गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। मनपर्ने व्यक्तिबाट उपहार वा भौतिक लाभ मिल्नेछ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट लाभ हुनेछ। सन्तानको सहयोगले काम सहज बन्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्त हुने योग छ। सामाजिक तथा धार्मिक कार्यमा सक्रिय हुँदा सम्मान बढ्नेछ। परिवारको सहयोगले लक्ष्य प्राप्ति सहज हुनेछ। अध्ययनमा रुचि बढ्नेछ र सोही क्रममा लामो यात्रा सम्भव छ। नयाँ जागिर वा सरुवाको सम्भावना रहेको छ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर