Skip to content

आज मिति २०८३ साल बैशाख महिनाको ७ गते सोमबारको राशिफल

२०८३ बैशाख ७, सोमबार
आज मिति २०८३ साल बैशाख महिनाको ७ गते सोमबारको राशिफल

आज मिति २०८३ साल बैशाख महिनाको ७ गते सोमबार इस्वी सम्वत २०२६ अप्रिल २० तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
असजिलो परिस्थितिलाई बुद्धिमत्तापूर्वक सहज बनाउन सकिनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ हुनेछ भने जीवनसाथीको सहयोगमा उत्पादनमूलक काममा सफलता मिल्नेछ। पारिवारिक जमघटमा सहभागी भई मिठो भोजनको आनन्द लिन पाइनेछ। कलाकारिता तथा फिल्म क्षेत्रमा लागेकाहरूले नाम र दाम दुवै कमाउने सम्भावना छ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
नयाँ कामको प्रस्ताव आउनेछ र गरिरहेको कामबाट राम्रो आम्दानी हुनेछ। राजनीति तथा समाजसेवामा जनसमर्थन बढ्नेछ। अध्ययनमा सफलता प्राप्त हुने सम्भावना छ। सामाजिक काममार्फत प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। पुँजी बजारमा गरिएको लगानीबाट लाभ मिल्नेछ। शुभ कार्यमा सहभागी भई मिठो परिकारको स्वाद लिन पाइनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
स्वास्थ्य सामग्री तथा औषधिजन्य व्यापारमा वृद्धि हुनेछ। विदेशी वस्तुको कारोबारबाट राम्रो आम्दानी हुने संकेत छ। विदेश यात्रा तथा विदेशी संस्थासँग सम्बन्धित अवसर प्राप्त हुन सक्छ। प्रेम सम्बन्ध सुदृढ रहनेछ। अध्ययनमा रुचि बढ्नेछ र प्रविधिको प्रयोगबाट ज्ञान विस्तार हुनेछ। ऋण, रोग र शत्रुबाट राहत मिल्नेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
नयाँ अवसर प्राप्त हुने र नोकरीमा पदोन्नतिको सम्भावना छ। व्यापार, उद्योग तथा शेयर बजारमा लगानीबाट लाभ मिल्नेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। अध्ययन तथा प्रतियोगितामा सफलता हात पर्नेछ। सामाजिक काममा सक्रिय भई छोटो समयमा प्रतिष्ठा कमाउन सकिनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ र मान–सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। खाद्यान्न, निर्माण सामग्री तथा अटो पार्ट्सको व्यापारमा प्रगति हुनेछ। विवाद समाधान हुने र पुराना समस्या हट्नेछन्। पारिवारिक वातावरणमा रमाइलो समय बित्नेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। मन्दिर वा धार्मिक स्थलको भ्रमण गर्ने अवसर मिल्नेछ। व्यापार र शेयर बजारमा सुधार आउनेछ। नयाँ ठाउँमा लगानीको सम्भावना छ। प्रेम सम्बन्धमा नजिक हुने अवसर मिल्नेछ। सरकारी तथा प्रशासनिक क्षेत्रमा सक्रियता बढ्नेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आफन्त तथा अग्रजको सहयोगले महत्वपूर्ण काम सफल हुनेछ। व्यापारमा लगानी बढाएर राम्रो आम्दानी गर्न सकिनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ र जीवनसाथीबाट सहयोग मिल्नेछ। अप्रत्याशित धन लाभको सम्भावना छ। पारिवारिक जमघटमा रमाइलो समय बित्नेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
व्यापार तथा शेयर बजारमा राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापारकै क्रममा रमाइलो यात्रा हुन सक्छ। प्रेम तथा मित्रता अझ सुदृढ हुनेछ। अध्ययनमा राम्रो नतिजा आउनेछ। सम्मान र आतिथ्य प्राप्त हुनेछ तथा घुमघामको अवसर मिल्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। नोकरीमा उन्नति हुने सम्भावना छ। रोकिएका काम पूरा हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। दाम्पत्य तथा प्रेम सम्बन्ध सुदृढ रहनेछ। मावली पक्षबाट सहयोग मिल्नेछ। वित्तीय तथा व्यापारिक लगानीबाट लाभ हुनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
आफन्त तथा शुभचिन्तकको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ। बौद्धिक क्षमताको प्रयोगले प्रगति हुनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। शिक्षा क्षेत्रमा लगानीबाट लाभ मिल्नेछ। उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुने सम्भावना छ। सरकारी क्षेत्रमा अवसर प्राप्त हुन सक्छ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
भौतिक सम्पत्ति र सवारी साधनको प्रयोगबाट आम्दानी बढ्नेछ। परिवार तथा आमाको साथले मन प्रसन्न रहनेछ। अध्ययन तथा अनुसन्धानमा यात्रा हुन सक्छ। प्रेम सम्बन्धमा नजिकता बढ्नेछ। सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ। कृषि तथा पशुपालन व्यवसायमा सफलता मिल्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
भाग्यले साथ दिने हुँदा सानो लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ। परिश्रम र साहसबाट सफलता प्राप्त हुनेछ। सूचना प्रविधिको प्रयोगबाट नयाँ अवसरहरू खुल्नेछन्। दाजुभाइ तथा आफन्तको सहयोग मिल्नेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। शेयर बजार, अनलाइन व्यापार तथा निर्माण सामग्रीमा लगानी लाभदायक रहनेछ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर