आज मिति २०८३ साल बैशाख महिनाको ८ गते मंगलबार इस्वी सम्वत २०२६ अप्रिल २१ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
खाद्यान्न, होटल तथा रेस्टुरेन्ट क्षेत्रमा गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ। निर्माण सामग्री, गरगहना र औषधिजन्य वस्तुको व्यापारमा उल्लेखनीय वृद्धि देखिनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ र रमाइलो स्थानको यात्रा गर्ने अवसर मिल्नेछ। पारिवारिक भ्रमण तथा मनोरञ्जनमा समय बित्नेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
टाढिएका साथीभाइ तथा आफन्तसँग पुनर्मिलन हुँदा मन प्रसन्न रहनेछ। पुराना कमजोरी सुधार गर्दै रचनात्मक कार्यमा सफलता मिल्नेछ। विलासी वस्तुको प्रयोगले आकर्षण बढाउनेछ। प्रेम सम्बन्धमा नजिकिने समय छ। राजनीति वा सामाजिक क्षेत्रमा सक्रिय हुनेहरूका लागि पद प्राप्तिको योग रहेको छ। नयाँ कामको अवसर आउनेछ र आर्थिक लाभ राम्रो रहनेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
समय अनुकूल भएकाले विदेशी सामानको व्यापारबाट राम्रो लाभ मिल्नेछ। वैदेशिक रोजगारी वा विदेश यात्राको सम्भावना बलियो छ। खानपान र मनोरञ्जनमा समय बित्नेछ। शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गर्दा लाभ हुने देखिन्छ। यद्यपि, स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने भएकाले सचेत रहनु आवश्यक छ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
प्राकृतिक स्रोत र खनिज पदार्थको प्रयोगबाट आम्दानी बढाउन सकिनेछ। मायालुसँग समय बिताउँदा मन प्रसन्न रहनेछ। पैतृक सम्पत्तिको सदुपयोगबाट आर्थिक लाभ मिल्नेछ। अग्रजहरूको सहयोगमा सवारी साधन वा अन्य भौतिक सम्पत्ति प्राप्त हुन सक्छ। प्रेम सम्बन्ध अझ मजबुत हुनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
राजनीति तथा समाजसेवामा सक्रिय भई सम्मान र प्रतिष्ठा बढ्नेछ। व्यापार र शेयर बजारमा लगानी लाभदायक रहनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ र परिवारसँग मिठो समय बिताउने अवसर मिल्नेछ। अध्ययनमा थोरै प्रयासले पनि राम्रो नतिजा ल्याउन सकिनेछ। पारिवारिक यात्रा, मेलापात तथा मनोरञ्जनमा समय खर्च हुनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
भाग्यले साथ दिने हुँदा सानो प्रयासबाट पनि ठूलो उपलब्धि हासिल गर्न सकिनेछ। व्यापार तथा शेयर बजारबाट लाभ मिल्नेछ। मेहनतको उचित मूल्यांकन हुनेछ। अध्ययन तथा अनुसन्धान क्षेत्रमा रुचि बढ्नेछ र राम्रो नतिजा आउनेछ। धर्म तथा आध्यात्मप्रति आकर्षण बढ्नेछ। प्रेम र मित्रता अझ प्रगाढ हुनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आफन्त तथा दिदीबहिनीबाट सहयोग प्राप्त हुनेछ। शुभचिन्तकको सुझावलाई अपनाएमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा खुलापन आउनेछ। प्रयास गर्दा जिम्मेवारी वा पद प्राप्ति हुने सम्भावना छ। व्यावसायिक यात्रा सफल रहनेछ। नसोचेको धन लाभ हुन सक्छ र उद्योग वा वित्तीय क्षेत्रमा लगानीबाट राम्रो आम्दानी हुनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आर्थिक स्थिति मजबुत रहनेछ र जीवनशैली विलासी बन्नेछ। नयाँ कामबाट आम्दानी बढ्नेछ र स्थायी सम्पत्ति जोड्न सकिनेछ। प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ। रमाइलो यात्रा तथा पारिवारिक जमघटले मन प्रसन्न रहनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
शुभ कार्यमा सहभागी भई आनन्द लिने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा यात्रा र रमाइलो समय बित्नेछ। अध्ययन वा कामको सिलसिलामा टाढाको यात्रा हुनेछ। नयाँ काम वा पदोन्नतिको योग छ। कानुनी मामिलामा सफलता मिल्नेछ। व्यापार र वित्तीय क्षेत्रमा लगानी लाभदायक हुनेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
मन परेको व्यक्तिबाट उपहार प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा मधुरता आउनेछ र यात्रा गर्ने अवसर मिल्नेछ। विलासी वस्तुको प्रयोगले आकर्षण बढ्नेछ। खाद्यान्न तथा गरगहनाको व्यापारमा वृद्धि हुनेछ। राजनीति वा सामाजिक क्षेत्रमा मिश्रित प्रतिक्रिया आए पनि अन्ततः सफलता मिल्नेछ। वैदेशिक यात्रा सम्भव छ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आमा वा आफन्तको सहयोगले महत्वपूर्ण काम सफल हुनेछन्। घरजग्गा वा सवारी साधनको खरिद–बिक्रीबाट लाभ मिल्नेछ। व्यापारमा प्रगति हुनेछ। पारिवारिक सम्बन्ध बलियो बन्नेछ। प्रेम सम्बन्धमा सुखद समय रहनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। वित्तीय क्षेत्रमा लगानी लाभदायक हुनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
छोटो यात्रा तथा रमाइलो भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। नयाँ विषयमा रुचि बढ्नेछ र अनुसन्धानतर्फ आकर्षण बढ्नेछ। आम्दानी बढाउने प्रयास सफल हुनेछन्। दाजुभाइको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विवादित विषयमा तपाईंकै पक्षमा निर्णय आउन सक्छ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!






