आज मिति २०८३ साल बैशाख महिनाको ९ गते बुधबार इस्वी सम्वत २०२६ अप्रिल २२ तारिख !!
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
औषधिजन्य तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा लगानी गर्दा राम्रो नाफा हुने देखिन्छ। पुँजी बजार र वित्तीय क्षेत्रबाट आम्दानी बढ्ने संकेत छन्। भौतिक स्रोत–साधन जुट्दा काम सजिलै अघि बढ्नेछ। आँट र मेहनतले नाम र दाम दुवै कमाउन सकिनेछ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कुटुम्बसँगको सम्बन्ध सुधार गर्ने समय छ। मीठो बोलीले काम सफल बनाउन सकिनेछ। व्यापार व्यवसाय फस्टाउने र आम्दानी बढ्नेछ। उठ्न बाँकी रकम हात लाग्ने सम्भावना छ। शुभ तथा माङ्गलिक कार्यक्रममा सहभागी भई रमाइलो समय बित्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँ प्रविधिको प्रयोगबाट रचनात्मक काम गर्दै राम्रो आम्दानी गर्न सकिनेछ। आफन्तको सहयोगबाट धन परिचालन हुने देखिन्छ। टुटेका सम्बन्ध पुनः जोडिनेछन्। अग्रजहरूको साथले काम सफल हुनेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
विदेश यात्रा वा विदेशसँग सम्बन्धित कामको अवसर मिल्नेछ। एनजिओ/आईएनजिओमा काम गर्ने सम्भावना छ। विदेशमा अध्ययन वा व्यवसाय गर्नेहरूका लागि समय फलदायी छ। खर्च बढे पनि उपलब्धि हासिल हुनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार, शेयर बजार र औद्योगिक क्षेत्रमा लगानी गर्दा लाभ मिल्नेछ। आर्थिक अवस्था सुदृढ बन्दै जाँदा रोकिएका काम अघि बढ्नेछन्। स्रोत–साधनको सही उपयोगले प्रगति हुनेछ। प्रेममा नजिकिने अवसर मिल्नेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ। अवसरको सदुपयोग गर्दै राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। राजनीति वा समाजसेवामा सफलता मिल्नेछ। अध्ययनमा उत्कृष्ट नतिजा आउनेछ। प्रेममा नजिकिने र यात्राको अवसर मिल्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
शैक्षिक वा धार्मिक यात्राको योग छ। धार्मिक अध्ययनबाट ज्ञान बढ्नेछ। शिक्षा, शेयर बजार, पहिरन तथा खाद्यान्न क्षेत्रमा लगानी गर्दा लाभ मिल्नेछ। प्रेम सम्बन्धका लागि समय शुभ छ। कला र संगीत क्षेत्रमा रुचि राख्नेहरूका लागि राम्रो अवसर छ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कुटुम्बसँग सहकार्य गर्दै नयाँ काम सुरु गर्न सकिनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। पुराना समस्याहरू समाधान हुनेछन्। अध्ययन वा कामका लागि यात्रा हुन सक्छ। आफन्त विशेष गरी दिदीबहिनीबाट सहयोग मिल्नेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्तसँग भेटघाटले दिन रमाइलो बित्नेछ। प्रेममा नजिकिने अवसर मिल्नेछ। व्यापारमा लगानी गरी राम्रो आम्दानी गर्न सकिनेछ। मेहनतले जीवनशैली सुधार हुनेछ। यात्रा वा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु राम्रो हुन्छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नोकरीमा बढुवा हुने सम्भावना छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययनमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट परिणाम आउनेछ। खर्च बढे पनि उपलब्धि हासिल हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। शत्रु परास्त हुनेछन् र स्वास्थ्यमा सुधार आउनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
वंशवृद्धिको योग रहेको छ। सन्तानको प्रगतिले खुशी मिल्नेछ। बौद्धिक क्षेत्रमा लगानी गर्दा राम्रो लाभ मिल्नेछ। प्रिय व्यक्तिबाट उपहार वा सहयोग प्राप्त हुनेछ। छोटो दूरीको यात्रा रमाइलो रहनेछ। सभा–समारोहमा आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय अनुकूल भएकाले अध्ययनमा प्रगति हुनेछ। व्यापार व्यवसाय फस्टाएर आर्थिक स्थिति मजबुत बन्नेछ। कृषि तथा पशुपालनमा आधुनिकता अपनाउँदा राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। परिवारसँग रमाइलो यात्रा र मनोरञ्जनमा समय बित्नेछ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!






