Skip to content

आज मिति २०८३ साल बैशाख महिनाको ११ गते शुक्रबारको राशिफल

२०८३ बैशाख ११, शुक्रबार
आज मिति २०८३ साल बैशाख महिनाको ११ गते शुक्रबारको राशिफल

आज मिति २०८३ साल बैशाख महिनाको ११ गते शुक्रबार इस्वी सम्वत २०२६ अप्रिल २४ तारिख !!

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय अनुकूल रहेकाले सवारी साधन तथा घरजग्गासम्बन्धी कारोबारबाट लाभ लिन सकिनेछ। आमा वा आफन्तको सहयोगमा परिणाममुखी काम सम्पन्न हुनेछन्। प्रेम सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय अत्यन्त अनुकूल रहेको छ। सिजनल सामानको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विवादित विषयहरूको नतिजा आफ्नै पक्षमा आउँदा मन प्रसन्न रहनेछ। आम्दानीका विभिन्न स्रोतहरू पहिचान भई दीर्घकालीन फाइदा दिने क्षेत्रमा लगानी बढाउन सकिनेछ। परिवारसँग रमाइलो वातावरणमा मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ। तपाईंका कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिष्ठान्न भोजन, आकर्षक वस्त्र तथा उपहार प्राप्त हुने योग छ। व्यापार तथा शेयर बजारमा लगानीबाट आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। मौसमी सामानको व्यापारमा राम्रो प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ र संवादकै माध्यमबाट राम्रो आम्दानी गर्न सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीति तथा समाजसेवामा जनताको साथ र समर्थन प्राप्त हुनेछ। व्यापार व्यवसाय फस्टाउँदै आर्थिक अवस्था सुदृढ हुनेछ। प्रेम सम्बन्धमा नजिकिँदै भावनात्मक सम्बन्ध बलियो बन्नेछ। अध्ययनमा रुचि बढ्नेछ र नतिजा सकारात्मक आउनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कर्मको खोजीमा लामो दूरीको यात्रा हुन सक्छ। विदेशी वस्तु व्यापार वा विदेशसँग सम्बन्धित काममा सफलता मिल्नेछ। किनमेल, खानपान तथा भेटघाटमा समय बित्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने समय छ। स्वास्थ्य सामग्री तथा प्राविधिक क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि दिन अनुकूल रहनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सरकारी तथा प्राकृतिक स्रोतको प्रयोगबाट आम्दानी बढाउन सकिनेछ। उद्योग तथा शेयर बजारमा गरिएको लगानी भविष्यका लागि लाभदायक बन्नेछ। आफन्त तथा दाजुभाइको सहयोग प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुने तथा काम वा अध्ययनका लागि लामो दूरीको यात्रा हुने सम्भावना छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राज्य पक्षसँग सम्बन्धित कामबाट राम्रो लाभ लिन सकिनेछ। कीर्तिमानी कार्य गर्दै नाम, प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ। नयाँ अवसर प्राप्त हुने वा पदोन्नति हुने सम्भावना छ। व्यापार, शेयर बजार, कृषि तथा पशुपालनमा राम्रो फाइदा हुनेछ। अध्ययनमा रुचि बढ्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
परिणाममुखी काम गर्दै अरूको मन जित्न सकिनेछ। आर्थिक समस्या समाधान हुँदै जानेछ। व्यापार तथा शेयर बजारमा लगानी बढ्नेछ। अनुसन्धान तथा खोजमूलक कार्यमा सफलता प्राप्त हुनेछ। धार्मिक तथा शैक्षिक यात्राको योग छ। प्रेम सम्बन्धमा नजिकिँदै भावनात्मक सम्बन्ध सुदृढ हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अप्रत्याशित धन तथा सम्पत्ति प्राप्तिको सम्भावना छ। प्रेम सम्बन्धमा नजिकिँदै सहयोग प्राप्त हुनेछ। अध्ययन तथा अनुसन्धानमा सफलता हात लाग्नेछ। लामो दूरीको यात्रा सम्भव छ। व्यापारमा लगानीबाट नाफा हुनेछ। शेयर तथा वित्तीय क्षेत्रमा राम्रो आम्दानी हुन सक्छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भौतिक सम्पत्ति तथा ब्रान्डेड वस्तुको व्यापारमा उल्लेखनीय सफलता मिल्नेछ। शैक्षिक तथा व्यावसायिक यात्राको सम्भावना छ। नयाँ काम प्राप्त हुने वा पदोन्नति हुने योग छ। अध्ययनमा सहज सफलता प्राप्त हुनेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ र जीवनसाथीको साथ मिल्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
न्यायिक निर्णय आफ्नै पक्षमा आउनेछ र शत्रुहरू परास्त हुनेछन्। शिक्षा तथा प्रतिस्पर्धामा अग्र स्थान हासिल गर्न सकिनेछ। प्रेम सम्बन्धमा समय अनुकूल छ। व्यापार, उद्योग तथा शेयर बजारमा लगानीबाट दीर्घकालीन फाइदा हुनेछ। रोकिएका कामहरू सम्पन्न हुनेछन्।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययनमा रुचि बढ्दै सकारात्मक नतिजा प्राप्त हुनेछ। व्यापार तथा शेयर बजारमा सुधार आउनेछ। उपहार प्राप्ति वा भाग्य चम्किने सम्भावना छ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। सामाजिक क्षेत्रमा सक्रिय रहँदा नाम र आम्दानी दुवै प्राप्त हुनेछ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर