Skip to content

आज मिति २०८३ साल बैशाख महिनाको ६ गते आइतबारको राशिफल

२०८३ बैशाख ६, आईतवार
आज मिति २०८३ साल बैशाख महिनाको ६ गते आइतबारको राशिफल

आज मिति २०८३ साल बैशाख महिनाको ६ गते आइतबार इस्वी सम्वत २०२६ अप्रिल १९ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
परिवारसँग रमाइलो वातावरणमा समय बिताउने र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। व्यापार तथा उद्योगमा गरिएको लगानीबाट लाभ मिल्नेछ। अध्ययनमा सुधार भई प्रतिस्पर्धामा अगाडि बढ्न सकिनेछ। मेहनत अनुसार काम सफल हुनेछ र जुझारु स्वभावले लक्ष्य पहिचान गर्न सहज हुनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
समय अनुकूल भएकाले आयात–निर्यात व्यापार विस्तार गर्ने अवसर मिल्नेछ। विदेशी संस्थासँग सम्बन्धित क्षेत्रमा काम पाउने सम्भावना छ। विद्यार्थीहरूलाई अध्ययनसम्बन्धी यात्राको योग रहेको छ। स्वास्थ्य सामग्री तथा खाद्यान्नको व्यापारबाट लाभ हुनेछ। साँझतिर सामाजिक वा राजनीतिक क्षेत्रमा संलग्न हुँदा प्रतिष्ठा बढ्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
कृषि तथा पशुपालनमा लगानी गर्दा राम्रो आम्दानी हुनेछ। खनिज तथा जलसम्बन्धी कार्यबाट पनि लाभ मिल्नेछ। शिक्षा र बैंकिङ क्षेत्रसँग सम्बन्धित काममा सफलता प्राप्त हुनेछ। प्रेम सम्बन्धमा नजिकिने समय रहेको छ। जीवनसाथीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछन्। साँझतिर सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्न सफल हुनुहुनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
राजनीति तथा समाजसेवामा सक्रिय हुँदा पद प्राप्तिको सम्भावना बलियो छ। कृषि तथा पशुपालनमा आधुनिकीकरण गरी राम्रो आम्दानी गर्न सकिनेछ। नयाँ काम वा नोकरीमा उन्नति हुने योग छ। बुवा वा अग्रजको आशीर्वादले कार्य सफल हुनेछ। पैतृक सम्पत्ति प्राप्ति तथा पारिवारिक जमघटमा सहभागी हुने अवसर मिल्नेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
समाजसेवामा सक्रिय रहँदा प्रतिष्ठा बढ्नेछ। अनुसन्धान तथा खोजमूलक क्षेत्रमा लगानी गर्दा सफलता मिल्नेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। अध्ययनका कारण लामो दूरीको यात्रा हुन सक्छ। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा संलग्न भई सेवा गर्ने अवसर मिल्नेछ। साँझतिर सामाजिक कार्यबाट नाम कमाइनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

आफन्तको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ। अध्ययनमा रुचि बढ्नेछ र राम्रो नतिजा आउनेछ। व्यापारमा वृद्धि भई आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। अप्रत्याशित धन लाभको योग छ। बोलीको प्रभावले अवसरहरू प्राप्त हुनेछन्। साँझतिर शैक्षिक वा धार्मिक यात्राको सम्भावना छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
प्रेम सम्बन्ध अझ सुदृढ हुनेछ। जीवनसाथीको सहयोगले काममा सफलता मिल्नेछ। व्यापार विस्तारका लागि यात्रा हुन सक्छ। साथीसंगी तथा सहयोगीको साथले दैनिक कार्य सहज हुनेछ। भौतिक साधनको प्रयोग बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। साँझतिर सवारी प्रयोग गर्दा सावधानी अपनाउनुहोस्।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनेछन्। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्ने सम्भावना छ। आफन्तको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा रमाउने अवसर मिल्नेछ। व्यापार तथा उद्योगबाट आम्दानी बढ्नेछ। निर्माण सामग्री, खाद्यान्न तथा गरगहनाको कारोबारमा वृद्धि हुनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
सबैको सहयोगले काममा उत्साह बढ्नेछ। सामाजिक कार्यमा सक्रिय रहँदा प्रतिष्ठा बढ्नेछ। व्यापारमा लगानी गर्दा अपेक्षित आम्दानी हुनेछ। अध्ययनमा सुधार आउनेछ। प्रेम सम्बन्धमा नजिकिने समय छ। प्रविधिको प्रयोगले काम सहज हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न हुनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
परिश्रम अनुसार राजनीति तथा समाजसेवामा प्रतिष्ठा प्राप्त हुनेछ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। कृषि तथा पशुपालनमा लगानी लाभदायक हुनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। साँझतिर शिक्षा तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
सानो प्रयासले पनि राम्रो उपलब्धि हासिल हुनेछ। प्रतिस्पर्धीहरू कमजोर हुनेछन्। प्रेम सम्बन्धमा प्रगति हुनेछ। अध्ययनमा सफलता मिल्नेछ। दाजुभाइ तथा छिमेकीसँग सम्बन्ध सुधार हुनेछ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। छोटो यात्रा फलदायी हुनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बोलीको प्रभावले आर्थिक लाभ मिल्नेछ। मेहनतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ। शत्रुहरू कमजोर हुनेछन्। छोटो रमाइलो यात्रा हुने सम्भावना छ। लेखन तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ। खाद्यान्न, विलासी वस्तु तथा होटल व्यवसायबाट लाभ हुनेछ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर