Skip to content

आज मिति २०८३ साल बैशाख महिनाको १२ गते शनिबारको राशिफल

२०८३ बैशाख १२, शनिबार
आज मिति २०८३ साल बैशाख महिनाको १२ गते शनिबारको राशिफल

आज मिति २०८३ साल बैशाख महिनाको १२ गते शनिबार इस्वी सम्वत २०२६ अप्रिल २५ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
पुरानो सवारी साधन परिवर्तन गरी नयाँ लिने योग रहेको छ। राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय भई राम्रो नाम कमाउन सकिनेछ। मन परेको व्यक्तिसँग रमाइलो यात्रा तथा स्वादिष्ट भोजनको अवसर मिल्नेछ। आफन्त तथा आमाको सहयोगले महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
पढाइमा रुचि बढ्ने भएकाले राम्रो सफलता प्राप्त गर्न सकिनेछ। छोटो दूरीको यात्रा हुन सक्छ। दाजुभाइको सहयोगले आत्मविश्वास बढ्नेछ र लगानीका अवसरहरू विस्तार हुनेछन्। प्रेम सम्बन्धमा नजिकिने समय छ। सकारात्मक सोचले पुराना सोच र अन्धविश्वासलाई तोड्न सहयोग गर्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
चन्द्रमाको प्रभावले व्यापारमा लगानी बढाई राम्रो आम्दानी गर्न सकिनेछ। सानो प्रयासले पनि ठूला उपलब्धि हासिल हुनेछन्। आफन्त र परिवारको साथ पाइनेछ। ज्ञान, कला र साहित्यमा प्रगति हुनेछ। मधुर बोली र विचारले सबैको मन जित्न सकिनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
पुराना कमजोरीहरू सुधार्दै नयाँ काम सुरु गर्न सकिनेछ। परिवारसँग जमघट भई रमाइलो समय बित्नेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। आफन्तको साथ र सहयोगले मन प्रसन्न रहनेछ। व्यापार तथा उद्योगमा लगानी गरी आर्थिक अवस्था सुधार गर्न सकिनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
शिक्षा वा पेशागत कारणले लामो दूरीको यात्रा सम्भव छ। विदेशी वस्तु व्यापारमा वृद्धि हुनेछ। विदेशमा अध्ययन वा काम गर्नेहरूका लागि समय अनुकूल छ। प्रेम र मित्रता सुदृढ हुनेछन्। अध्ययनमा ध्यान दिँदा बौद्धिक तथा आर्थिक उन्नति हुनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
घरपरिवार र समाजमा प्रशंसनीय काम गरी चर्चा कमाउन सकिनेछ। पैतृक सम्पत्तिको सदुपयोगले आम्दानी बढ्नेछ। थोरै लगानीमै राम्रो नाफा प्राप्त हुने योग छ। भौतिक साधन जुट्दा दैनिक जीवन सहज हुनेछ। पढाइमा सानो प्रयासले पनि राम्रो नतिजा दिनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
कार्यक्षेत्रमा सफलता पाई नाम र दाम दुवै कमाउन सकिनेछ। पुर्खौली सम्पत्तिबाट लाभ हुनेछ। पुराना विवाद समाधानमा तपाईंको भूमिका महत्वपूर्ण हुनेछ। अध्ययनमा रुचि बढ्नेछ र प्रेम सम्बन्ध अझ गहिरो बन्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ। जीवनसाथी र आफन्तको साथले मन प्रसन्न रहनेछ। समाजमा सम्मान र नेतृत्वको अवसर मिल्नेछ। उच्च शिक्षाका लागि यात्रा सम्भव छ। व्यापार र उद्योगमा लगानी गर्ने अनुकूल समय छ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ तर सजिलै निको हुनेछ। दिदीबहिनीको साथ पाइनेछ। उपहार वा आकस्मिक लाभको योग छ। दैनिक जीवन सहज हुनेछ र यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ। व्यापार र उद्योगमा लगानी सफल भई आर्थिक उन्नति हुनेछ। पढाइमा सुधार भई राम्रो नतिजा ल्याउन सकिनेछ। पारिवारिक जमघटमा सहभागी भई रमाइलो समय बित्नेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
व्यापारबाट आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। पुराना रोग तथा समस्याबाट राहत मिल्नेछ। मामा वा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ। पढाइमा उत्कृष्ट प्रदर्शन गर्न सकिनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
सन्तानको प्रगति देखेर मन खुशी हुनेछ। वंश वृद्धि हुने सम्भावना छ। पढाइमा सुधार हुँदा परिवार पनि सन्तुष्ट हुनेछ। आकस्मिक धन लाभ तथा उपहार प्राप्तिको योग छ। नयाँ योजना बनाई कार्यान्वयन गर्न सकिनेछ। आम्दानी राम्रो हुनेछ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर