काठमाडौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूलाई १ दिने तालिम प्रदान गरेको छ।
“मन्थन २०८२” कार्यक्रम अन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका १६० जना अभिकर्ताहरूलाई महेन्द्रनगर, शुक्लाफाँटास्थित होटल ओपेरामा तालिम दिइएको हो।
तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले सञ्चालन गरेका थिए। कार्यक्रममा सहायक महाप्रबन्धक विवेक शर्माले उद्घाटन गरेका थिए भने प्रदेश प्रमुख नविन किशोर भट्टले स्वागत मन्तव्य दिएका थिए।
कम्पनीका अनुसार अभिकर्ताहरूलाई पेशागत दक्षता बढाउन नियमित रूपमा यस्ता तालिम कार्यक्रम सञ्चालन गरिँदै आएको छ। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई सम्मानसमेत गरिएको थियो।
सहभागीहरूले तालिम उपयोगी भएको भन्दै कम्पनीप्रति आभार व्यक्त गरेका छन् ।





