काठमाडौं । एनआईसी एशिया बैंक र नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटबीच विशेष छुट सम्बन्धी समझौता भएको छ। समझौताअनुसार, बैंकका ग्राहकले होटलमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
यो छुट डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गरेपछि प्राप्त हुने बैंकले जनाएको छ।
सहकार्यको उद्देश्य ग्राहकलाई सुविधाजनक सेवा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन गर्नु रहेको एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए।






