काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँललाई दिने निर्णय गरेको छ ।
यही चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले यस्तो निर्णय गरेको हो । उनी हाल कम्पनीमा वरिष्ठ उप–प्रमुख कार्यकारीको रुपमा कार्यरत छन् ।





