आज मिति २०८२ साल फागुन महिनाको १७ गते आईतबार इस्वी सम्वत २०२६ मार्च १ तारिख !!
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काम तथा अध्ययनका कारण आमा तथा आफन्तबाट टाढिनुपर्दा मन खिन्न हुन सक्छ। प्रेम सम्बन्धमा दूरी राख्नु उपयुक्त हुनेछ, नजिकिँदा मनमुटाव बढ्न सक्छ। घरजग्गा तथा सवारी साधनको खरिद–बिक्रीबाट लाभ मिल्ने सम्भावना छ। वित्तीय क्षेत्रमा गरिएको लगानी फलदायी बन्न सक्छ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार, उद्योग तथा शेयर बजारमा लगानी बढाउँदा राम्रो आम्दानी हुने देखिन्छ। छोटो तथा उपलब्धिमूलक यात्रा हुने सम्भावना छ। समाजमा गुमेको प्रतिष्ठा पुनः स्थापित हुनेछ। दाजुभाइ तथा आफन्तको सहयोगले नियमित कार्य सफलतापूर्वक सम्पन्न हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार फस्टाएर जाने हुँदा थप लगानीको वातावरण बन्नेछ। कार्यक्षेत्रमा तपाईंका निर्णयको सम्मान हुनेछ। प्रेम सम्बन्धमा नजिकपन बढेर दाम्पत्य जीवन सुखद रहनेछ। परिवार तथा साथीभाइसँग भेटघाट र मनोरञ्जनमा समय बित्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
क्षमता प्रदर्शनबाट नाम र दाम दुवै कमाउन सकिनेछ। अध्ययनमा सुधार भई अग्र स्थान हासिल गर्ने अवसर मिल्नेछ। मेहनतले लक्ष्य पहिचान गरी सफलता प्राप्त गर्न सहज हुनेछ। परिवारसँग रमाइलो वातावरणमा समय बित्नेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
लामो दूरीको यात्रामा सतर्कता अपनाउनु उपयुक्त हुनेछ। नियम उल्लंघन गर्दा दण्ड वा जरिवानाको सम्भावना छ। आर्थिक क्षेत्र केही कमजोर देखिए पनि विदेशी सामानको व्यापारमा लाभ मिल्नेछ। प्रेम सम्बन्धमा अविश्वासले दूरी बढ्न सक्छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अग्रजको सल्लाहअनुसार अघि बढ्दा सफलता मिल्नेछ। अध्ययनमा राम्रो प्रगति भई मन लगाएर काम गर्न सकिनेछ। नयाँ कामबाट आम्दानीका स्रोत विस्तार हुनेछन्। सरकारी वा पैतृक सम्पत्तिमा लाभ मिल्ने सम्भावना छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
परिवार तथा आफन्तको सहयोगले कार्यसिद्धि हुनेछ। व्यावसायिक क्षेत्रमा देखिएका चुनौती पार गर्दै गन्तव्यमा पुग्न सकिनेछ। शेयर तथा वित्तीय लगानीबाट राम्रो आम्दानी हुने सम्भावना छ। शत्रु परास्त भई आफ्नो प्रभाव विस्तार हुनेछ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
खोज तथा अनुसन्धानमा राम्रो उपलब्धि हासिल हुनेछ। प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ। लामो दूरीको धार्मिक वा शैक्षिक यात्रा सम्भव छ। पदोन्नति वा स्थानान्तरणको अवसर मिल्न सक्छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्तसँग सामान्य विवादको सम्भावना छ। व्यापारमा आम्दानी बढाउन समय र मेहनत आवश्यक हुनेछ। स्वास्थ्य तथा खानपानमा विशेष ध्यान दिनु आवश्यक छ। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रेम र मित्रताको सम्बन्ध अझ सुदृढ हुनेछ। आयआर्जन राम्रो रहनुका साथै उपहार प्राप्त हुने सम्भावना छ। परिवारको साथले नयाँ आशा र ऊर्जा मिल्नेछ। जीवनसाथीसँग रमाइलो यात्रा सम्भव छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विरोध गर्नेहरू नै प्रशंसक बन्ने सम्भावना छ। व्यापारबाट राम्रो आम्दानी भई नयाँ लगानीको अवसर आउनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। न्यायिक विषयमा फैसला आफ्नै पक्षमा आउन सक्छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रेम सम्बन्ध सुदृढ भई जीवनसाथीको सहयोग प्राप्त हुनेछ। मेहनतले प्रतिष्ठित अवसर दिलाउनेछ। अध्ययनमा उत्कृष्ट नतिजा हासिल हुनेछ। बैंकिङ क्षेत्रमा गरिएको लगानी लाभदायी बन्नेछ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!







