Skip to content

आज मिति २०८२ साल फागुन महिनाको १९ गते मंगलबारको राशिफल

२०८२ फाल्गुन १९, मंगलवार
आज मिति २०८२ साल फागुन महिनाको १९ गते मंगलबारको राशिफल

आज मिति २०८२ साल फागुन महिनाको १९ गते मंगलबार इस्वी सम्वत २०२६ मार्च ३ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
पति–पत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ र दाम्पत्य जीवन सुखद हुनेछ। सन्तान तथा आफन्तको सहयोगले महत्वपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र हुनेछ। राजनीतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउनेछ। अध्ययनमा उत्कृष्ट सफलता प्राप्त हुनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
राजनीति तथा समाजसेवामा गरिएको परिश्रमअनुसार पद–प्रतिष्ठा प्राप्त हुनेछ, जसले मन प्रसन्न बनाउनेछ। व्यापार–व्यवसायबाट राम्रो आम्दानी हुनेछ। कृषि तथा पशुपालनमा लगानी गर्नेहरूले अपेक्षित लाभ पाउनेछन्। प्रेम सम्बन्धमा निकटता बढ्नेछ र दाम्पत्य सम्बन्ध अझ सुदृढ हुनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
छिमेकीबीच राम्रो कार्य गरेर प्रतिष्ठा कमाउन सकिनेछ। सामाजिक सम्बन्धहरू मजबुत हुनेछन्। खेलकुद तथा साहसिक क्रियाकलापमा सफलता मिल्नेछ। दाजुभाइ तथा आफन्तको सहयोगले उत्साह थपिनेछ। सानो प्रयासबाट पनि ठूलो उपलब्धि हासिल गर्न सकिनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
तपाईंको कार्यको प्रशंसा हुनेछ र विशिष्ट व्यक्तिबाट सम्मान प्राप्त हुनेछ। तार्किक क्षमतामा वृद्धि भई आम्दानीका अवसर बढ्नेछन्। गायन तथा संगीत क्षेत्रमा लागेकाहरूका लागि नयाँ अवसर आउनेछन्। पारिवारिक जमघट र मिठो भोजनको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढ्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
पढाइमा रुचि बढ्नेछ र सफलता प्राप्त हुनेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ तथा आर्थिक अवस्था मजबुत रहनेछ। राजनीति तथा समाजसेवामा सक्रिय हुनेहरूले पद प्राप्त गर्न सक्नेछन्। प्रेम तथा दाम्पत्य सम्बन्ध सुदृढ हुनेछ। चलचित्र, संगीत तथा मोडलिङ क्षेत्रमा विशेष आकर्षण बढ्नेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
समय अनुकूल रहेकाले विदेशी सामानको व्यापारबाट लाभ हुनेछ। विदेशी लगानी भएका संस्थामा काम गर्ने अवसर वा विदेश यात्राको सम्भावना छ। मनोरञ्जन र खानपानमा समय बित्नेछ। स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। राज्यसँग सम्बन्धित कार्य गर्दा विशेष सावधानी अपनाउनुहोस्, अन्यथा जरिवानाको सम्भावना रहन सक्छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
दाजुभाइबाट आर्थिक सहयोग प्राप्त हुनेछ। इच्छाहरू पूरा हुनेछन्। दीर्घकालीन कार्यबाट आम्दानीका स्रोत विस्तार हुनेछन्। व्यापारमा लगानीबाट राम्रो लाभ मिल्नेछ। प्रेम तथा दाम्पत्य सम्बन्धमा सुधार आउनेछ। सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
पैतृक सम्पत्तिको सदुपयोगबाट आम्दानी बढाउन सकिनेछ। व्यवसायलाई समयअनुसार परिमार्जन गर्दा राम्रो लाभ मिल्नेछ। कृषि तथा पशुपालनमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। अध्ययन तथा प्रतिस्पर्धामा सफलता हात पर्नेछ। राजनीति तथा समाजसेवामा जनसमर्थन प्राप्त हुनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
धार्मिक तथा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ। लामो दूरीको धार्मिक वा शैक्षिक यात्राको सम्भावना छ। प्रशासनिक क्षेत्रमा सहभागिता बढ्नेछ। प्रेम सम्बन्धमा रमाउन चाहनेहरूका लागि अनुकूल समय छ। सानो प्रयासबाट पनि सकारात्मक परिणाम प्राप्त हुनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
कुटुम्बसँग मिलेर नयाँ आर्थिक योजना सुरु गर्न सकिनेछ। अध्ययन तथा कार्यक्षेत्रमा सफलता मिल्नेछ। पुराना समस्याहरू समाधान हुनेछन्। अध्ययन वा कामका लागि यात्रा सम्भव छ। आफन्त तथा दिदीबहिनीको सहयोग प्राप्त हुनेछ। उपहार प्राप्तिको योग छ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
दाम्पत्य जीवन सुदृढ हुनेछ र प्रेम सम्बन्धमा खुसी अनुभव हुनेछ। अध्ययनमा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार तथा प्रशंसा प्राप्त गर्न सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ। रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। व्यापारबाट राम्रो नाफा कमाउन सकिनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
समय अनुकूल भएकाले व्यापारमा सानो लगानीबाट पनि लाभ हुनेछ। मनोरञ्जन तथा फिल्म क्षेत्रमा रुचि बढ्नेछ। पारिवारिक सम्बन्ध सहयोगात्मक र सुदृढ रहनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदा जनसमर्थन प्राप्त हुनेछ। यात्रा, बैठक तथा भेटघाटमा समय बित्नेछ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर