आज मिति २०८२ साल फागुन महिनाको २० गते बुधबार इस्वी सम्वत २०२६ मार्च ४ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
प्रतिस्पर्धामा तपाईं अगाडि देखिनुहुनेछ। टाढिएका आफन्तसँग भेटघाट हुँदा मन खुशी रहनेछ। आम्दानीका नयाँ स्रोत खुल्ने संकेत छन्, विशेष गरी सरकारी कार्यालयमा सामान आपूर्ति गर्नेहरूलाई राम्रो फाइदा हुनेछ। प्रेम सम्बन्ध अझ नजिकिने सम्भावना छ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
बिहान सामान्य स्वास्थ्य समस्याले अलि असहज महसुस हुन सक्छ। प्रतिस्पर्धीको कारण केही अवसर चुक्न सक्छन्। तर मध्यान्हपछि समय अनुकूल बन्दै जानेछ—व्यवसायमा लगानीबाट राम्रो लाभ मिल्नेछ। पढाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। बिलासी वस्तु उपहारस्वरूप प्राप्त हुन सक्छ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
बिहान व्यापार र लगानीका लागि उत्तम समय छ। खेलकुद वा साहसिक कार्यमा सफलता मिल्नेछ। तर मध्यान्हपछि ध्यान विचलित हुन सक्छ, विशेषगरी अध्ययनमा। घरजग्गा कारोबारमा केही सुस्ती आउन सक्छ। यात्रा वा सवारी चलाउँदा सतर्कता अपनाउनुहोला।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
औषधि तथा दैनिक उपभोग्य वस्तुको व्यवसायमा राम्रो नाफा हुनेछ। आवश्यक स्रोतसाधन जुट्दा काम सहज हुनेछ। मेहनतले नाम र दाम दुवै कमाउने अवसर छ। मनपर्ने व्यक्तिसँग यात्रा सम्भव छ। सामाजिक कार्यबाट जनसमर्थन बढ्नेछ। लेखन क्षेत्रमा पनि प्रगति हुनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
बोलीको प्रभाव बलियो रहनेछ—वक्तृत्व वा संवादबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा विजय र अध्ययनमा सफलता मिल्नेछ। विरोधी कमजोर हुनेछन्। छोटो रमाइलो यात्रा सम्भव छ। साहित्य, होटल, रेष्टुरेन्ट वा बिलासी सामानको व्यवसायमा फाइदा हुनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
बिहान लामो दूरीको यात्रा वा विदेशसँग सम्बन्धित काम बन्नेछ। विदेशी सामानको व्यापारमा वृद्धि हुनेछ। खानपानमा सजग रहनुहोस्। मध्यान्हपछि सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। नयाँ लगानीबाट लाभ मिल्नेछ। इमानदारी र मेहनतले ठूलो उपलब्धि दिलाउनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
बिहान व्यापारका लागि अनुकूल समय छ। प्राकृतिक स्रोत, कृषि वा पशुपालनबाट लाभ मिल्नेछ। तर मध्यान्हपछि पढाइमा ध्यान कम हुन सक्छ। सवारी चलाउँदा सावधानी अपनाउनुहोस्, अन्यथा जरिवाना वा दण्ड हुन सक्छ। स्वास्थ्य खर्च बढ्न सक्छ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
शुभ समाचारले दिन उत्साहजनक बन्नेछ। प्रतिस्पर्धीलाई उछिन्दै विशेष अवसर प्राप्त हुनेछ। रोकिएका काम अघि बढ्नेछन्। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। दिगो आर्थिक योजना सुरु गर्न उपयुक्त समय छ। प्रेम र मित्रता अझ बलियो हुनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
कृषि र पशुपालनमा प्रगति हुनेछ। भूमि, सवारी वा पैतृक सम्पत्ति प्राप्त हुने योग छ। मेहनतले जीवनशैली सुधार हुनेछ। अभिभावकको साथले महत्वपूर्ण उपलब्धि मिल्नेछ। अध्ययनमा सफलता मिल्नेछ। सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
बिहान स्वास्थ्य सामान्य रहन सक्छ, काममा ढिलाइ हुन सक्छ। आश्वासन धेरै, सहयोग कम मिल्न सक्छ। तर मध्यान्हपछि समय अनुकूल हुनेछ। आफन्तको सहयोगले राम्रो उपलब्धि हासिल हुनेछ। कृषि तथा धार्मिक अध्ययनमा रुचि बढ्नेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
बिहान व्यापार र अध्ययन दुवैमा सफलता मिल्नेछ। आफन्तबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। मध्यान्हपछि खर्च वा भौतिक वस्तुको प्रयोगमा सावधानी अपनाउनुहोस्। नजिककै व्यक्तिबाट धोका हुने सम्भावना छ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
एकल वा साझेदारी व्यवसायबाट लाभ हुनेछ। व्यापारका सिलसिलामा यात्रा सम्भव छ। उपहार प्राप्ति हुनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। अध्ययनमा राम्रो नतिजा मिल्नेछ। विदेश सम्बन्धी काममा भने केही ढिलाइ हुन सक्छ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !







