Skip to content

आज मिति २०८३ साल बैशाख महिनाको २ गते बुधबारको राशिफल

२०८३ बैशाख २, बुधबार
आज मिति २०८३ साल बैशाख महिनाको २ गते बुधबारको राशिफल

आज मिति २०८३ साल बैशाख महिनाको २ गते बुधबार इस्वी सम्वत २०२६ अप्रिल १५ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
समय अनुकूल रहेकाले विदेशी सामानको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ। स्वास्थ्य सामग्री तथा औषधिजन्य व्यवसायबाट लाभ लिन सकिनेछ। काम वा अध्ययनका सिलसिलामा लामो दूरीको यात्रा हुने सम्भावना छ। विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कार्यबाट राम्रो आम्दानी हुनेछ। आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी लाभदायी रहला।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यापार–व्यवसाय फस्टाउनेछ र धन आगमनको राम्रो योग रहेको छ। बैंक तथा वित्तीय कारोबार विस्तार हुनेछ। तरल तथा खनिज पदार्थको व्यापारमा विशेष सफलता मिल्नेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। पैतृक सम्पत्तिबाट आम्दानी बढ्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
चुनौतीहरू पार गर्दै काम सफल बनाउन सकिनेछ। राम्रो कामले समाजमा प्रतिष्ठा बढ्नेछ। अध्ययनमा ध्यान दिँदा ज्ञान र सीपमा वृद्धि हुनेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ। प्रेम र मित्रता बलियो हुनेछ, परिवारमा पनि खुसी छाउनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
धार्मिक तथा शैक्षिक कार्यका लागि लामो दूरीको यात्रा हुनेछ। अध्यात्म र अनुसन्धान क्षेत्रमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ। व्यापार, शेयर बजार तथा उद्योग क्षेत्रमा लगानी लाभदायी हुनेछ। प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
अध्ययनमा रुचि बढ्नेछ र प्रविधिको उपयोग गर्न सकिनेछ। व्यापार, शेयर बजार तथा उत्पादन क्षेत्रमा लगानीबाट लाभ हुनेछ। रोकिएका कामहरू पूरा हुनेछन्। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धका लागि समय उत्कृष्ट छ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
व्यापार, शेयर बजार तथा उद्योगमा लगानी लाभदायी हुनेछ। साझेदारी व्यवसायबाट विशेष फाइदा मिल्नेछ। व्यापारका सिलसिलामा यात्रा हुने सम्भावना छ। भौतिक सम्पत्ति वा उपहार प्राप्त हुन सक्छ। पढाइमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध बलियो बन्नेछ। जागिर र पदोन्नतिको राम्रो योग छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पुराना विवाद समाधान हुनेछन् र कानुनी निर्णय तपाईंको पक्षमा आउनेछ। अध्ययनमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। प्रेम सम्बन्धमा नयाँ उत्साह आउनेछ। दाम्पत्य जीवन सुखद रहनेछ। ऋण, रोग र संकटसँग जुध्ने क्षमता बढ्नेछ। व्यापार तथा उत्पादन क्षेत्रमा लाभ हुनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
राम्रो कामले अरूको विश्वास जित्न सकिनेछ। नयाँ प्रविधिबाट आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजय हासिल हुनेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। खर्च बढे पनि सकारात्मक काममा लगानी हुनेछ। स्वास्थ्य, निर्माण तथा वित्तीय क्षेत्रमा लाभ हुनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
कृषि तथा पशुपालनमा सुधार गरी आम्दानी बढाउन सकिनेछ। घरजग्गाको कारोबार लाभदायी हुनेछ। आमाबुबा तथा अग्रजको सहयोगले राम्रो काम गर्न सकिनेछ। छोटो धार्मिक यात्रा सम्भव छ। कामबाट केही विश्राम लिएर मनोरञ्जनमा समय बिताउन सकिनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
सामाजिक सञ्जाल र प्रविधिबाट आफ्नो विचार प्रस्तुत गर्न सकिनेछ। अध्ययनमा ध्यान जाँदा राम्रो नतिजा मिल्नेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। छोटो रमाइलो यात्रा हुने सम्भावना छ। उद्योग, ब्रोकर तथा शेयर बजारबाट लाभ हुनेछ। साहस र आत्मविश्वास बढ्नेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
प्रेममा रहेका शंका हट्दै जानेछन्। निर्माण तथा खाद्य सामग्रीको व्यापारमा वृद्धि हुनेछ। आफन्तको सहयोगले काम सफल हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। बोलीको प्रभावले काम सजिलै सम्पन्न हुनेछ। अध्ययनमा सफलता मिल्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
रोकिएका काम पूरा हुनेछन् र उत्साह बढ्नेछ। शत्रुहरू कमजोर हुनेछन्। मेहनतले अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। व्यापार तथा आर्थिक क्षेत्रमा राम्रो लाभ हुनेछ। विलासी वस्तुको प्रयोगले आकर्षण बढ्नेछ। अध्ययनमा उत्कृष्ट नतिजा आउनेछ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर